धरानः प्रदेश नम्बर १ मै पहिलो पटक धरानमा युएन सेफ प्रतियोगीता आयोजना हुने भएको छ ।
धरान–१६ मा रहेको युएन नबोदय कलेजको आयोजनामा प्रदेस नम्बर एकमै पहिलो पटक प्रदेस स्तरीय सेफ प्रतियोगीता गर्ने भएको आयोजना हुने भएको हो ।
बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताबारे जानकारी गराईएको हो । प्राप्त जानकारी अनुसार होटल म्यानेजमेन्ट बिषय लिइ कक्षा–१२ को परीक्षा सकेर बसेका बिद्यार्थीहरुले भाग लिन पाउनेछन् ।
हरेक कलेजबाट दुई समुह बिद्यार्थीले भाग लिन पाउने कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ बताउँछन् ।एउटा समुहमा दुई जना बिद्यार्थी रहने पनि श्रेष्ठले बताएका छन् । प्रतियोगीताको बिजेताले बि।एच।एम।अध्ययनका लागि छात्रबृत्ति पाउनुका साथै नगद १ लाख रुपैया, ट्रफि र प्रमाण–पत्र बताइएको छ भने फष्ट रनर अपले छात्रबृत्ति सहित ५० हजार रुपैया नगद, ट्रफि र प्रमाण–पत्र पाउने छन।
त्यस्तै सेकेण्ड रनर अपले छात्रबृत्ति सहित ३० हजार रुपैया नगद, ट्रफि र प्रमाण–पत्र पाउने छ । प्रदेस नम्बर १ मा हस्पिटालिटि इन्डष्ट्री र पर्यटनको प्रबद्र्धन गर्ने उद्येस्यले यस बर्षदेखि युएन सेफ प्रतियोगीता आयोजना गर्न लागिएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिए ।