धरानः सेभ घोपा क्याम्पको आन्दोलन गरेको ५६ औँ दिनमा उपकुलपतिसँग वार्ता गरी वीपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार्न गर्नुपर्ने विषयका लागि बनाएको कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गको रोहवरमा भएको वार्ताकै क्रममा गठित कार्यदलले एक साताको अवधिमा अध्ययन गरि तयार गरेको प्रतिवेदन आज (मंगलबार) प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनाललाई बुझाएको हो ।

२ महिला देखि चर्किएको घोपा बचाउ आन्दोलनमा मेयर राईले समेत समर्थन गरेपछि आन्दोलनकारीको मनोवल बढेको थियो भने वीपीका पदाधिकारीले पनि वार्तामा चासो देखाएका थिए ।

घोपा क्याम्पसमा भएका समस्या पहिचान गर्न तथा अस्पताल सेवा सुधारको लागि अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले ७ दिनसम्म सरोकारवालहरुसँग छलफल तथा परामर्श गरी प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझ्दै निमित्त उपकुलपति डा।खनालले प्रतिवेदनमा औल्याइएको सुझावहरु अध्ययन गरि तत्काल गर्न सकिने कार्यहरु, मध्यकालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामहरुको विस्तृत कार्ययोजना ५ दिनभित्र उपकुलपति कार्यालयमा पेश गर्न सम्बन्धित विभाग, शाखा र महाशाखाहरुलाई निर्देशनसमेत दिएको बताइएको छ ।

अभियानका प्रमुख अभियन्ता सुदन गुरुङले सुधार गर्नुपर्ने बिषयलाई तत्काल १५ दिनभित्र, मध्यकालिन र दीर्घकालिन गरि ३ भागमा विभाजन गरेर प्रतिवेदनले सिफारिश गरिएको बताए । तत्काल गर्नुपर्ने कामहरु भए नभएको निरन्तर निगरानी गर्ने र कार्यान्वयन नभए आन्दोलन चर्काउने अभियान्ता सुदन गुरुङ्गले बताएका छन् ।

उपकुलपति डा ज्ञानेन्द्र गिरी नभएकाले प्रतिवेदन निमित्त उपकुलपतिलाई बुझाइएको बताइएको छ । तत्काल गर्नुपर्ने सुधारका काममा प्रतिष्ठानले चासो देखाएको अभियान्ताहरुले बताएका छन् ।

कार्यदलको प्रतिवेदन पाउना साथ प्रतिष्ठानले सबै शाखालाई पत्राचार गर्दै तत्काल गर्न सकिने र दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यको सुचि तयार गरेर उपकुलपतिको कार्यलयमा विवरण बुझाउन निर्देशन समेत दिएको बताइएको छ ।

पहिला हुने आन्दोलनमा प्रतिष्ठानले झारो टार्ने काम मात्रै गर्दै आएको भएपनि यसपाला मेयर हर्क साम्पाङ्गले समेत वीपी सुधारकै पक्षमा आवाज उठाएपछि प्रतिष्ठानलाई दवाव परेको छ ।