धरानः धरान उपमहानगरपालिकाका निर्वाचित मेयर हर्क साम्पाङ्गले आफुसँग जागिर माग्न नआउने आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साम्पाङले कर्मचारी चाहिएको खण्डमा सुचना प्रकाशन गरेर खुल्ला प्रतिस्र्धाको आधारमा पदपुर्ती गरिने भन्दै फेवरको भरमा जागिर माग्न नआउन आग्रह गरेका हुन् ।
आफ्नो जित लगत्तै मेयर साम्पाङ्गले आफुले कसैलाई जागिर लगाईदिन्छु भनेर नभनेकोले आफुले कसैको फेवर नगर्ने तर धरानेको फेवरमा काम गर्ने जनाएका थिए । नगरपालिकाले आफुलाई आवश्यक पर्ने कर्मचारी सुचना प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाको आधारमा छनौट गर्ने भन्दै मेयर साम्पाङ्गले जागिर माग्न आफुसँग नआउने सबैलाई आग्रह गरेका हुन ।
साम्पाङ्गले फेसबुक पेजमा ‘कृपया, म कहाँ जागिर माग्न नआउनु होला ! चाहिएको खण्डमा सुचना प्रकाशित गरेर खुल्ला प्रतिष्पर्धा गराई लिइनेछ’ लेखेका छन् ।