इटहरीः गार्मेन्ट कम्पनीमा काम गरेर गुजारा चलाउँदै गरेका सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ४ का भक्तविर विश्वकर्मा क्यान्सर पिडित बनेपछि उपचारमा समस्या भएको छ ।
कमजोर आर्थिक अवस्थाका विश्वकर्माले किमो थेरापी गरिरहनु पर्ने र आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि सहयोग गरिदिन आग्रह गरेका छन् ।इटहरी १२ स्थित एमिएपिरियल नामक गार्मेन्ट कम्पनीमा काम गर्ने विश्वकर्माको उपचारका लागि अहिलेसम्म पन्ध्रलाख बराबर खर्च भइसकेको बताइएको छ ।
अब खर्च गर्न नसक्ने अवस्थामा पुगेपछि विश्वकर्माले सहयोगका लागि अपिल गरेका छन् । श्रीमति एक छोरा र एक छोरीका अभिभावकको रुपमा रहेका विश्वकर्मा ६ महिना देखि क्यान्सरको उपचार गराईरहेका छन् ।
पिडित भक्तविर विश्वकर्माको उपचारका लागि युएईको दुवईबाट साहित्यकार भवानी नेपालको संयोजकत्वमा भक्तविर विश्वकर्माको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ ।
नेपालले शुक्रबारबाट सहयोगका लागि देश विदेशमा भएका नेपालीमाझ आग्रह गर्दै आइरहेका छन् ।अभियान सञ्चाल भएपछि नेपाललाई साथ दिँदै इटहरी –१२ खनार निवासी सुरेन्द्र चौधरी र अष्ट्रेलियामा आयुशा कट्टेलको संयोजकत्वमा पनि रकम संकलनको काम शुरु गरेका छन् ।
विश्वकर्माको सहयोगको लागि अष्ट्रेलियाबाट व्रिसवनी नेप्लिज फुटवल क्लवले मात्रै ५ सय ५० डलर सहयोग गरेको छ । आयुषा कटेलको संयोजकत्वबाट अष्टे«लियाबाट फुटवल क्लव सहित एक लाख २५ हजार रुपैयाँ , जापानबाट १० हजार कोरियाबाट १० हजार, ओमानबाट ७ हजार रकम उठिसकेको र बोलकवोलको आधारमा अहिले सम्म ३ लाख रुपैँया संकलन भएको युएईबाट अभियान संयोजक भवानी नेपालले बताएका छन् ।
विश्वकर्माको सहयोगका लागि भारतबाट रत्नराज पुन मगरको संयोजकत्वमा रकम संकलन भइरहेको बताईएको छ भने जापानबाट सचिन नेपालले १० हजार रुपैँया सहयोग गरेका छन् ।युएईको दुवईबाट पनि अन्तराष्ट्रिय नेपाली समाज आइएनएसको संयोजकत्वमा अहिले सम्म ३० हजार रुपैया संकलन भइसकेको अभियान्ता भवानी नेपालले जानकारी दिएका छन् ।
सहयोग गर्न ईच्छुक व्यक्तिहरुले विश्वकर्मालाई सिधै सम्पर्क गर्न सकिने अथवा उनको बैँक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ । प्रदेश पोर्टलसँगको कुराकानीमा युएइबाट सहयोग संकलन अभियान चलाईरहेको नेपालले पिडितलाई सिधै ९८११३२०८८० मा सम्पर्क गरेर भक्तबहादुर विश्वकर्माको सिदार्थ बैँकको खाता नम्बर ०३०१५१५३०८९ मा सहयोग पठाउन सकिने बताए ।