इटहरीः झापाको मेचीनगर नगरपालिका ६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट १ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर ७ का २५ वर्षीय अर्जुन बाँतर र मेचीनगर ६ का २५ वर्षीय दावा तामाङलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ५ सिमरवनका ५९ वर्षाीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।