इटहरीः सुनसरीको हरिनगर गाउँपालिका ४ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अररिया जिल्ला बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओमप्रकाश पाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
विशेष सूचनाका आधारमा आज बिहान १ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले हरिनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बीआर ३९ जे ६८३५ नम्बरको मोटरसाइकलको डिकीभित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली बरामद गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका पालका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।