विराटनगरः श्री कृष्णप्रसाद कोइराला सेवा गुठीद्वारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निकद्वारा बैशाख ३० गते निर्वाचित जहदा गाउँपाालिका, कटहरी गाउँपाालिका तथा धनपालथान गाउँपाालिकाका जनप्रतिनिधिहरुलाई एक समारोहको आयोजना गरी बधाइ तथा शुभकामना दिएको छ ।

उक्त कायक्रममा जहदा गापाका अध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, कटहरी गापाका अध्यक्ष देवराज चौधरी र धनपालथान गापाका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपाध्यक्ष नसिमा बानोसहित वडा सदस्यहरुको पनि उपस्थिति रहेको पोलिटेक्निकका प्रमुख सन्त अधिकारीले जानकारी दिए ।

WhatsApp Image 2022-06-06 at 6.30.17 PM

पोलिटेक्निककी अध्यक्ष मिता आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाइ दिनुका साथै अध्यक्ष अचार्यले विगत २० वर्षदेखि यस पोलिटेक्निकले प्राविधिक शिक्षा प्रदान गर्दै आएकोमा अबका नवनिर्वाचित जनप्रतिनिधिहरुले कलेजको विकास तथा गरीब छात्रछात्राका लागि बजेटमार्फत् सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

निर्वाचित जनप्रतिनिधिहरुले लक्षित वर्गका विद्यार्थीहरुलाई प्रविधिक शिक्षामा पहुँच पुर्याउने र कलेजको विकासका निम्ति सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे । गरीब छात्रछात्राका लागि प्रदेश सरकारमार्फत् बजेटको लागि आफूहरुले माग गर्ने पनि बताए । कार्यक्रममा पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो, विकास पराजुली, जवाहरलाल मण्डल समेतले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ ज्ञापन गरेका थिए । पोलिटेक्निकको विकासका लागि स्थानीय सरकारको अहम भुमिका रहने पनि उनीहरुको भनाइ थियो ।