बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले नगरको आर्थिक वर्ष २०७९÷०८० मा मिडिया क्षेत्रलाई समेट्ने बताएका छन् ।
कोशी सम्मान साप्ताहिकले आयोजना गरेको ३ दिवसीय आधारभूत पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै स्थानीय सरकारको तर्फबाट यहाँको मिडियालाई सक्दो सहयोग हुने बताएका हुन् ।कार्यक्रममा प्रमुख अतिथि कार्कीले कोशीसम्मान साप्ताहिकको खुलेर प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा सुनसरी स्टार एकेडेमीका प्रिन्सिपल अबियोग राई, प्रेस चौतारी नेपाल बराहक्षेत्रका अध्यक्ष लक्ष्मण कटवाल, प्रेस युनियन बराहक्षेत्रका सभापति संगम बिष्ट, नेपाल पत्रकार महसंघ सुनसरी जिल्ला सदस्य सुबिन विश्वकर्मा, ६ नम्बर वडा सदस्य मोगेन्द्र डाँगी, ६ नम्बर अध्यक्ष उद्वब प्रसाद पोखरेल, नगर उपप्रमुख नन्दाकुमारी राई लगायतले मन्तव्य राखेका थिए । स्वागत मनतव्य पत्रीकाकी संचालक समिति सदस्य छबिना मगरले राखिन् ।
त्यस्तै, कार्यक्रमका सञ्चालक पत्रिकाका सम्पादक हिरण्य कार्कीले बराहक्षेत्रको पत्रकारितालाई बिगतको स्थानीय सरकारबाट उचित सहयोग हुन नसकेकोले वर्तमान स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।
किशोर कुमार कार्की सभाध्यक्ष रहेको समापन समारोहमा नगर प्रमुख कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै, तालिममा बाबुराम कार्की र अमर खड्काले सहजीकरण गरेका थिए ।
समारोहमा पत्रकार प्रदीप चौधरीले कोशीसम्मानले स्थापना गरेको अक्षयकोषमा ५ हजार आर्थिक सहयोग समेत गरे । कार्यक्रममा बराहक्षेत्रका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, ६ वडाका जनप्रतिनिधिसहित विभिन्न सहयोगदातालाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।