खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छा का २९ बर्षीय मनकुमार राईले सामान्य वादविबाको क्रममा धकेलेर लडाउँदा एक जना बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरीप्रसाद राई रहेका छन् । गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउँदा घाईते भएका हरीप्रसादको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको हो ।
घटनामा समलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।