इटहरीः सुनसरी जिल्लाको रामधुनीकी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मिस नेपाल २०२२ को आयोजक द हिडेन ट्रेजरको आयोजनामा भइरहेको मिस नेपाल को प्रतियोगिताको लागि काठमाण्डौ अडिसनमा छनौट भएकी आकृतीले गत जेठ ३ गते काठमाण्डौको याक एण्ड यति होटलमा पहिलो अडिसन दिएकी थिइन् ।सुन्दरतालाई मोडलिङ्गसँग मात्रै नजोड्ने आकृतीले अहिलेसम्म कोही व्यक्ति तथा संस्थाबाट मोडलिङ्ग सम्बन्धिको तालिम लिएकी भने छैनन् ।

रामधुनीको झुम्का स्थित रामधुनी बोर्डिङ्ग स्कुलबाट एसइइ सम्मको अध्ययन सकेकी यी सुन्दरी मधेसी र मैथीली भाषी समुदायको समेत प्रतिनिधित्व गर्छिन् । सप्तरीमा जन्मेर सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ झुम्कामै हुर्किएकी आकृतीले लहानको लहान सगरमाथा एजुकेशनल एकेडेमीबाट भर्खरै नर्सिङ्गको अध्ययन सकाएकी छिन् ।

मोडलिङ्गमा कहिलेबाट लाग्नुभयो भन्ने प्रश्नमा आकृतीले आफु मोडलिङ्ग गरेर कहिल्यै नहिँडेको र लकडाउनको समयमा आफैँले घरमै तयारी गरेर काठमाण्डौको ढाका इभेन्टले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर एकल प्रयासबाटै रनर अप बन्न सफल भएको बताइन् । ‘लकडाउनको समयमा सेल्फ प्रिपियरबाटै ढाका इभेन्टमा सहभागी भएको थिए, रनर अप हुन सफल भए ।’ आकृतीले प्रदेश पोर्टलसँग भनिन् ।

रनर अप भइरहँदा उनले ‘फेस अफ लकडाउन’को टाइटल समेत जित्न सफल भएकी थिइन । सुन्दरता सम्बन्धि प्रतियोगितामा सहभागी भइरहँदा आफुलाई आमा उर्मिला कुमारी शाहबाट बारम्बार प्रेरणा र हौसला पाएको आकृती बताउँछिन् ।

285344941_293057829615486_6560139600774627620_n

सेमिफाइनलमा छनौट भएपछि तालिममा व्यस्त रहेकी १९ बर्षिया आकृती आफुले अध्ययन गरेको रामधुनी इंग्लिस बोर्डिङ्ग स्कुलको सम्पुर्ण परिवार, साथी भाई र रामधुनीको झुम्काका सम्पुर्णलाई आफुले सम्झिरहेको सुनाउँछिन् । ‘अरु भन्दा पनि जन्मेको ठाउँलाई धन्यवाद दिन चाहान्छु । म जन्मेको र हुर्केको ठाउँ झुम्का, अनि मैले पढेको स्कुलमा हुनुहुने सबै टिचर , साथीभाई सबैलाई माया र सम्झना भन्न चाहान्छु ।’ आकृतीले प्रदेश पोर्टलसँगको कुराकानीमा भनिन् ।

अहिले कोरियोग्राफिको तालिममा रहेकी उनि सहितका २४ जना प्रतियोगी मिस नेपालको ताज पहिरिन आफ्नो क्षमता र दक्षतालाई निखार्ने क्रममा राजधानी मै छिन् । मिस नेपालको सेमिफाइनल राउण्डमा आफुलाई उभ्याइरहेकी साह आफु जस्तै मैथिली समुदायका छोरी मान्छेलाई अघि बढ्ने वातावरण मिलाउन सम्पुर्णमा आग्रह गर्छिन ।

285275452_724954245218419_2219171440085647402_n

मिस नेपाल द हिडन ट्रेजरले सेमिफाइनमा रहेका २४ जनाबाट भोटको आधारमा मिस पपुलर च्वाइसको आधारमा सिधै फाइनलमा लान सक्ने भएको छ । प्रतियोगी नम्बर ६ मा रहेकी आकृतीलाई माया गर्न चाहाने तथा भोट दिएर सिधै उत्कृष्ट १२ मा लैजानको लागि खल्ति एप मार्फत भोट गर्न सकिने व्यवस्था रहेको छ ।

आफुलाई फाइनलमा देख्न चाहानेहरुले भोट दिएर माया दिन आकृतीले आग्रह समेत गरेकी छिन् । आकृतीलाई भोट दिनको लागि खल्ति एप डाउनलोड गरेर इभेन्ट सेक्सनमा गएर सिधै उनको प्रतियोगि नम्बर ६ मा भोट गर्न सकिन्छ । आफुलाई माया र सपोर्ट गर्न चाहानेले भोट गरेर सहयोग गर्न आकृतीले अनुरोध गरिन ।