इटहरीः जिल्ला निर्वाचन कार्यलय सुनसरीले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका सम्पुर्ण उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले सोमबार एक सुचना जारी गर्दै स्थानीय निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तीनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यलयमा पेश गर्नुपर्ने कानुनी व्यवस्थालाई खुलाउँदै खर्च विवरण माग गरिएको छ ।
सुनसरीका १२ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेदवार भएका उम्मेदवारले आफुले गरेको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र जिल्ला निर्वाचन कार्यलयमा बुझाउन भनिएको छ ।
तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाए कानुन बमोजिम भइजाने समेत सुचनामा खुलाइएएको छ ।