धरानः गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि सम्पुर्ण कार्यपालिका सदस्य सम्मिलित कार्यपालिका बैठक सोमबार लाइभ भएको छ ।

मेयर हर्क साम्पाङ्गको अध्यक्षतामा भएको कार्यपालिका वैठकमा सञ्चारकर्मीहरु समेत उपस्थित भएर लाइभ प्रशारण गरिएको हो ।

कार्यपालिका वैठकमा सञ्चारकर्मीलाई प्रवेश दिएर लाइभ प्रशारण गरिएको धरानमा यो पहिलो पटक हो । केही दिन पहिलेमात्रै मेयर हर्क साम्पाङ्ग कार्यपालिका वैठकमा लाइभ गर्न आउन पत्रकारलाई भनेका थिए ।

एमालेको बहुमत रहेको धरान उपमहानगरको कार्यपालिकामा सोमबारको बैठकले बिभिन्न समिति र उपसमितिको गठन समेत गरेको छ ।

बैठकको अध्यक्षता गरिरहेको मेयर साम्पाङ्गले कुन समितिको संयोजक को बस्ने भनेर सभालाई सोधेका थिए भने सदस्यहरुले उठेर आफु आकाक्षीं रहेको भन्दै नाम टिपाएका थिए ।
बजेट बनाउन कम समय भएकाले समयसीमा भित्रै बजेट निर्माणको काम सक्नुपर्ने बाध्यता रहेको मेयर साम्पाङ्गले बैठकलाई जानकारी गराएका थिए ।

धरान उपमहानगरको कार्यपालिका सदस्य दिनेश गजमेरले आफ्नो पहिलो अनुभव साट्दै कार्यपालिका बैठक पत्रकार सम्मेलन जस्तै देखिएको टिप्पणी गरेका छन् ।

283797880_1457405058048674_9118392785131462105_n 284856496_1457404788048701_7796971749395125276_n 286252295_1457404998048680_7252282407612136955_n 284382642_1457404864715360_6866496253099779502_n 285196283_1457404754715371_353848126226497067_n 284602549_1457404944715352_4555266224096920845_n