इटहरीः सुनसरी जिल्लाको इटहरीमा सञ्चालन भइरहेको नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयकी होटल म्यानेजमेन्ट अध्ययनरत छात्रा दिक्षा दाहालले डिप्लोमा प्रथम बर्षको प्रथम खण्डको बोर्ड परिक्षामा नेपालकै उत्कृष्ट नतिजा ल्याएकी छन् ।

त्यसैगरी सिभिल इन्जिनियरिङ्ग तर्फ डिप्लोमा अध्ययरत छात्र रोशन काफ्लेले उत्कृष्ट नतिजा डिस्टिन्सन प्राप्त गरेका छन् । काफ्लेले ९० दशमलव ८६ प्रतिशत ल्याएर कलेजमा प्रथम स्थान हासिल गरेको कलेजका सेमन्तराज खनालले जानकारी दिए ।

285640180_318162967180633_7647549115237013960_n

यसरी बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षालयले एक कार्यक्रमका बीच बद्याई तथा सम्मान व्यक्त गरेको छ ।उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई शुक्रबार शिक्षालयमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य अनिता परियारले सम्मान गरेकी थिइन् ।

कलेजका नारायण आचार्य, मदन भण्डारी फाउण्डेसनका रुद्रबहादुर तामाङ्ग तथा फाउण्डेसनका निर्मल बराल लगायतले उत्कृष्ट नजिता ल्याने विद्यार्थीलाई बद्याई ज्ञापन गर्दै कलेजलाई उत्कृष्ट बनाउन अहोरात्र खटिने प्राचार्य लगायतको समुहलाई आभार व्यक्त गरेका थिए ।

गोविन्द खनालले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा कलेजका प्रिन्सिपल अर्जुन उप्रेती लगायत कलेजका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

285459320_780545296306114_2206237001868362437_n