काठमाण्डौंः नेकपा(एकीकृत समाजवादी)बाट नाम सिफारीस भएका मन्त्रीहरुको शपथ आज हुनेभएको छ ।
एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।
एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथ हुने भएको हो । सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ ।
एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीका लागि हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो।
हाल स्वास्थ्य राज्यमन्त्री भएका खापुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीमा सिफारीस गरीएको थियो ।