मिरुना भर्सेस सोनिका

  • जेठ २२, २०७९
  • ७०९ पटक पढिएको
  • सुबिन बिश्वकर्मा
alt

इटहरीः समाज जतिजति विकसित हुँदैछ उतिनै विभेद, बलात्कार, यौनजन्य दुव्र्यवहार, अन्याय र अत्याचार शृङ्खला बढ्दै गइरहेको छ । खासगरी नेपाली समाजलाई हेर्ने हो भने सौन्दर्य बलात्कार र यौनजन्य दुव्र्यवहारका घट्नाहरु एकपछि अर्को गर्दै छरपस्ट हुन थालेका छन् । यीनै घट्नाहरुले केही विषयहरूमा गम्भीर बहस गरि निष्कर्ष निकाल्नुपर्ने भएको छ । जस्तो कि बलात्कारको हदम्याद हुनुपर्छ कि पर्दैन ? गुड टच र ब्याड टच कस्तो कस्तोलाई भन्ने ? आजको यस् ब्लगमा गुड टच र ब्याड टचबारे बहस गर्नेछौ ।

हालैको घटनामा आफूलाई एक युवकले पटकपटक ब्याड टच गरेको भन्दै नायिका मिरुना मगरले हातै उठाइन । नायिकाले हात मात्रै उठाइनन् हालात ती युवकलाई प्रहरी हिरासत सम्मै पुर्याइन् । तब सुरु भयो, धार्मिक र जातीय द्वन्द्व । कारण थियो, दुव्र्यवहार गरेको भनिएका युवा बौद्ध भिक्षु थिए । त्यसपछि नायिकाको विरुद्धमा कयौं नाराहरु लागे, पोस्टर जलाइए र फिल्म बहिष्कार गर्ने सम्मका धम्कीपूर्ण अभिव्यक्तिहरु दर्शकहरुले व्यक्त गरे । चौतर्फी रूपमा नायिकाको आलोचना भयो ।

नायिकाको विरुद्धमा सडक तताउने प्रशस्तै महिलाहरु थिए । यहाँसम्म कि नायिकाको नाममा ‘रिप’समेत लेखियो । एकपटक गहिरिएर सोच्नुस् त, ‘आफूलाई असह्ज नभएको भए बौद्वमार्गी भेषमा भएको भिक्षुलाई नायिकाले झापड किन हान्थिन र ?’ तर भिडले नायिकालाई दोषी देखायो । जुन भिड जता लग्यो, त्यतै जान्छ । भिड विवेकहीन हुन्छ । यद्यपि मलाई नायिकावादी नभनियोस् । तर मेरो अन्तर्मनले यस्तै सोच्न बाध्य बनायो ।

यतिबेला नायिकाले लामालाई भाई सम्झिएर माफी दिएको र लामाले गल्ती स्वीकार गरेपछि घट्ना मिलापत्रमा टुंगिएको छ । तर घट्नाको बाछिटा अझै बाकी छ । यसैबीच भिक्षुले भर्खरै एक अभिव्यक्ति दिएका छन्, ‘नायिकाले मेरो करियर बचाइदिनु भन्दै रुन लागेपछि गल्ती स्विकार गरें ।’ यसले गर्दा पनि घट्ना सेलाउन पाएको छैन् । एकाथरीले भिडभाडमा टच हुनु सामान्य कुरा भएको तर्क गरिरहेका छन् भने अर्कोथरीले पीडितले ब्याड टच महसुस गरेपछि दुव्र्यवहार नै हुने बताउँदै समाज बाझिएको छ ।

तर महिलाले आफूलाई पुरुषहरुले संवेदनशील अंगमा छुँदा असहज वा भनौं ब्याड महसुस गर्छिन् भने त्यो यौनजन्य दुव्र्यवहार नै हो । जुन तथ्यलाई प्रमाणित गर्न नायिकाले भनेकी छन्, ‘मलाई नियतबस तीनपटकसम्म पछाडेबाट छोएपछि मलाई असहज भयो र झापड हानें ।’

गुड टच र ब्याड टचको बहस उत्कर्षमा पुगिरहेको बेला यतिबेला एक नृत्यको खुबै चर्चा भइरहेको छ । हिमालयन टेलिभिजनमा प्रशारण हुने ‘डान्सिङ विथ स्टार्स’ को १७ औं एपिसोडमा मोडल सोनिका रोकायाले कोरियाग्राफर दिलिप ओखेडासँग प्रस्तुत गरेको उक्त नृत्यले सामाजिक सञ्जालमा बहसको विषय बनाएको छ ।

यौन जीवन र यौनिकताबारे खुलेर बहस गर्ने सोनिकाले प्रस्तुत गरेको उक्त नृत्यमा कामुकता र संवेदनशील अंगहरुको छुवाइलाई दर्शलले स्वाद मानेर हेरे । यद्यपि उनका केहि स्टेपहरु तारिफयोग्य थिए, जुन ओझेल परे । नृत्यको क्रममा कोरियोग्राफर ओखेडाले पटकपटक सोनिकाको संवेदनशील अंगमा हात र मुख पुर्याएको भिडियोमा प्रष्ट देखिन्छ । यदि यसलाई नियतबस छुवाइ हो भनेर मान्ने होभने यो ब्याड टचनै हो । अझ धेरैले त यसलाई ‘छाडा’ सम्म भन्न भ्याएका छन् । के उसोभा यसलाई ब्याड टच नभन्ने त ?

कसैले कसैको निजि अंग बिनाअनुमति छुन पाउँदैन । तर मिरुना र सोनिकाको प्रसंगले भने घट्नालाई नै अतिरञ्जित गरिदिन सक्छ । सञ्जालमा यतिबेला भिक्षुको पक्षधरहरुले सोनिकाको नृत्यलाई तुलना गर्दै नायिकालाई गाली गरिरहेको देख्न सकिन्छ । के नृत्यमा ब्याड टच, गुड टचले अर्थ राख्दैन ? राख्छ भने कुनै एक राष्ट्रिय टेलिभिजनबाट यौन दुव्र्यवहार झल्किने खाल्का सामाग्री किन प्रशारण गरिन्छ ? यस्ता सामाग्रीले पक्कै समाजलाई यौन दुव्र्यवहारलाई बढुवा दिन प्रोत्साहन गर्छ । समाज बाँझिन्छ र, ती नायिकाजस्तै एक पीडितले पीडा सहिरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इलामबाट सात राउण्ड गोलीसहित एक जना पक्राउ

इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved