विराटनगरः देशमा रहेको लैङ्गिक हिंसा अन्त्य गर्नका लागि सबै समूह एकजुट हुनुपर्ने अनेरास्वियुकी केन्द्रय उपाध्यक्ष सुनिता बरालले बताइन् । अनेरास्यवियु, अनेरास्यवियु क्रान्तिकारी महिला विभाग मोरङले आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘हिंसाको अन्त्य कुनै एक समूह वा व्यक्तिले निरुपण गर्न सक्ने विषय होइन,’ उपाध्यक्ष बरालले भनिन्, ‘समूहसमूहको ऐक्यबद्धताले मात्र हिंसाको अन्त्य सम्भव छ ।’

लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियान अन्तर्गत विराटनगरमा भएको कार्यक्रममा नेकपाका विभिन्न जिल्ला तथा केन्द्रीय नेताको उपस्थिति थियो । अन्तरक्रियामा नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, गोपी अछामी लगायतको उपस्थिति रहेको थियो ।