रामधुनीः एक हप्ता पहिलादेखि निर्वाचित जनप्रतिनिधिसँग समय माग गरेर बधाइ तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रममा बोलाइएका रामधुनीका निर्वाचित अधिकांश जनप्रतिनिधिहरु शनिबारको कार्यक्रममा उपस्थित भएनन् ।

रामधुनीका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रिन्सिपल र नवनिर्वाचित जनप्रतिनिधिसँगको साक्षात्कार गर्ने हिसाबले कार्यक्रमको आयोजना गरेको रामधुनीको लर्डबुद्ध इन्टरनेशनल स्कुलको कार्यक्रममा कुनै पनि संस्थागत विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरु उपस्थित भएनन् भने एक हप्ता पहिल्यै कार्यक्रममा आउने वाचा गरेका ५ वटा वडाका जनप्रतिनिधिहरुसमेत उपस्थित भएनन् ।

285175766_2074784176026258_7648619866986923695_n

नवनिर्वाचित जनप्रतिनिधिलाई लर्डबुद्ध इन्टरनेशनल स्कुलले मायाको चिनोस्वरुप भागवत गीता उपहार प्रदान गर्ने कार्यक्रम थियो । ढिलोगरी कार्यक्रममा उपस्थित भएका वडा नम्बर ५, वडा नम्बर ३, बडा नम्बर १ वडा नम्बर २ र वडा नम्बर ९ का वडा अध्यक्षसहित जनप्रतिनिधिहरुले भागवत गीतासहित बधाइ प्राप्त गरेका थिए भने वडा नम्बर ४, वडा नम्बर ६ , वडा नम्बर ७ र वडा नम्बर ८ का कोही जनप्रतिनिधि पनि कार्यक्रममा देखिएनन् ।

कार्यक्रम आयोजक लर्ड बुद्धका फाउण्डर प्रिन्सिपल अर्जुनप्रसाद न्यौपानेले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँग नवनिर्वाचित मेयर तथा उपमेयरको साक्षात्कार गर्ने हिसावले कार्यक्रमको आयोजना गरिएको भएता पनि शैक्षिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति नभएको बताए । न्यौपानेले शिक्षा क्षेत्रको सुधार र रामधुनीलाई शैक्षिक हब बनाउनेतर्फ नवनिर्वाचित जनप्रतिनिधिको ध्यानआकर्षण गराएका थिए ।

285118420_456568186164379_5096744138177750726_n