बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ७ वडामा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसद्वारा नगरका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ ।

स्थानीयतह निर्वाचन २०७९ बाट नगरप्रमुखमा निर्वाचित रमेश कार्की, उपप्रमुख नन्दाकुमारी राईसहित १ देखि ११ वडाका अध्यक्षहरु क्रमशः किसन थापा (मगर), होम प्रसाद गौतम, राजदीप लामा, आशाराम चौधरी, रोहित काफ्ले, उद्ववप्रसाद पोखरेल, कपिल आचार्य, रोशन खड्का, निरन्जन चन्द्रबंशी, तेज बहादुर गुरुङ र कृष्ण कुमार महत्तोलाई सम्मान गरिएको क्याम्पस प्रमुख खगेन्द्र निरौलाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मेयर कार्कीले आगामी आर्थिक वर्षहरुमा क्याम्पसको निम्ति बजेट विनियोजन गर्ने बताए । उनले क्याम्पसको नाममा रहेको जमिनमा ट्रमा सेन्टर सहितको अस्पताल बनाउने कार्यको थालनी हुने बताएका छन् ।