इटहरीः आर्थिक वर्ष २०७९/०८० बजेटमा सुनसरी जिल्लाको सबैभन्दा बढी जनसंख्या भएको पालिका इटहरीले सबैभन्दा बढी बजेट पाएको छ ।

सुनसरी जिल्लाले जम्मा ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ पाउँदा सुनसरीको ठुलो र धेरै जनसंख्या भएको पालिका इटहरी उपमहानगरपालिकाले ९५ करोड २३ लाख रुपैँया बजेट पाएको छ । गत १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा सो रकम विनियोजन गरेका हुन् ।

जसमा सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट इटहरी उप–महानगर पालिकालाई विनियोजन भएको छ भने सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ ।

२ वटा उपमहानगरमा इटहरी उपमहानगरपालिकाले बढि बजेट हात पारेको छ भने धरान उपमहानगर पालिकाले कम बजेट हात पारेको छ । धरान उपमहानगरले ८३ करोड ४ लाख बजेट पाएको छ ।

यसैगरी नगरपालिका तर्फ सबैभन्दा बढी बजेट बराहक्षेत्र नगरपालिकाले हात पारेका छन् भने सबैभन्दा कम बजेट रामधुनी नगरपालिकाले पाएको हो ।

यस्तै, गाउँपालिका तर्फ सबैभन्दा बढी बजेट कोशी गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट गढी गाउँपालिकाले पाएको छ ।

कुन पालिकालाई कति ?
उप–महानगर पालिका तर्फ ः–

इटहरी उप–महानगरपालिकाः ९५ करोड २३ लाख
धरान उप– महानगरपालिकाः ८३ करोड ४ लाख

नगरपालिका तर्फः

इनरुवा नगरपालिकाः४८ करोड ३ लाख
दुहबी नगरपालिकाः ४९ करोड ७ लाख
बराहक्षेत्र नगरपालिकाः ६२ करोड ७५ लाख
रामधुनी नगरपालिकाः ४४ करोड ८३ लाख

गाउँपालिका तर्फः

कोशी गाउँपालिकाः ३९ करोड ६८ लाख
गढी गाउँपालिकाः २९ करोड ५७ लाख
देवानगञ्ज गाउँपालिकाः ३६ करोड ४६ लाख
बर्जु गाउँपालिकाः ३२ करोड ४९ लाख
भोक्राहा नरसिंह गाउँपालिकाः ३२ करोड १५ लाख
हरिनगर गाउँपालिकाः ३९ करोड ५७ लाख बजेट प्राप्त भएका छन् ।