इटहरीः मोरङको बिराटनगर महानगरपालिका ४ बाट राजश्व छली अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायतको करिब ४० लाख रुपैयाँ बराबरको अबैध सामान सहित पक्राउ गरिएको हो । उनले अवैध रुपमा राजस्व छली गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

अबैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

285709690_380649967428841_3130513430963257846_n