बराहक्षेत्रः बराहक्षेत्र २ चतरामा रहेको ब्रम्हाकुमारी राजयोग सेबा केन्द्र चतराले नव–निर्वाचित जनप्रतिनिधिहरुलाई मानव सेवा , राज योग शिक्षा , मनुष्य जीवन ,समाजसुधार लगायतका ज्ञानहरु आध्यमिक शिक्षाबाट मात्र प्राप्त हुने उपदेश सहित सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
बराहक्षेत्र नगरको वडा नम्बर २ मा अवस्थित रहेको ॐ शान्ति मार्गमा रहेको आफ्नै भवनमा ब्रम्हाकुमारी सेवाकेन्द्रका सदस्यहरुले जनप्रतिनिधिहरुलाई फुलमाला सहित खादाले सम्मान गरेका थिए।
बिहिवार बिहान आयोजित राजयोगको कार्यलयमा मेयर , उपमेयर , वडाध्यक्ष र वडा सदस्यहरुलाई उपस्थित गराएर आध्यमिक ज्ञानको संन्देश बाडिएको थियो ।
उक्त कार्यक्रममा मेयर रमेश कार्की , उप–मेयर नन्दकुमारी राई , वडा नं १ का वडाध्यक्ष किसन मगर , वडा नं २ का वडाध्यक्ष होम प्रसाद गौतम र वडाका निर्वाचित सदस्य लगायत स्थानीयको उपस्थित रहेको थियो ।