इटहरीः झापाका बिभिन्न स्थानहरुबाट चोरीएका १२ थान मोटरसाईकल सहित चोरीमा संग्लग्न ८ जना पक्राउ परेका छन् ।
केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासका क्रममा उनिहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका ५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका ५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका ८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका ५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका ८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए ।
यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।