भेडेटारः प्रदेश खेलकुद विकास बोर्डले लामो समय खेलक्षेत्रमा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रदेश नम्बर १ का ६ जना खेल प्रशिक्षकलाई दिर्घ सेवा पदकबाट सम्मान गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा बिहिबार आयोजना गरेको खेल प्रशिक्षक क्षमता अभिवृद्धि कार्यक्रममा प्रमुख अतिथी प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले सम्मान गरेका हुन् ।
दिर्घ सेवा पदकमा सम्मानित हुनेमा कराँतेका वरिष्ठ प्रशिक्षक सोवित राज प्रसाई, कराँतेका प्रशिक्षक कालु मेचे, कराँते प्रशिक्षक योग बहादुर राई, एथलटिक्सकी प्रशिक्षक उषा कर्ण, कराँते प्रशिक्षक चन्द्रकला राई, कराँते प्रशिक्षक विचारी तामाङ्गलाई २५ बर्ष भन्दा लामो समय खेलकुदमा योगदान गरेवापत दिर्घ सेवा पदकले सम्मान गरेको छ । क्षमता अभिवृद्धि कार्यक्रममा एक सय २० भन्दा बढि बिभिन्न खेलका प्रशिक्षकहरुको उपस्थिती रहेको छ ।