भेडेटारः प्रदेश नम्बर एकको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले आफ्नो तह तप्कामा रहेर प्रभावकारी प्रशिक्षणको काम गर्न प्रशिक्षकहरुलाई आग्रह गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षक क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले प्रशिक्षकहरुको हाजिरी लगायतका कुराहरु समेत मनिटरिङ्ग गरेर अगाडी बढ्ने संकेत गरे ।

देश संघीयतामा गएसँगै प्रदेशका सम्पुर्ण प्रशिक्षकहरु प्रदेश खेलकुद विकास बोर्ड मातहत हुनुपर्ने र त्यो अन्यौलताका कारण पनि प्रदेशका खेलगतिविधिमा अन्यौलता उत्पन्न भएको बताउँदै वाग्लले अव साउन महिना सम्ममा यसको अन्यौलता टँुगिने गरी आफुले छलफल गरेको र अव सबै प्रदेश खेलकुद विकास बोर्डको मातहतमा आउने बताए ।

प्रदेश एकका १४ वटै जिल्लामा रहेका प्रशिक्षकहरुलाई वाग्लले काम देखिने गरी देखाउन र कम्तीमा आगामी खेलकुल प्रतियोगितामा एक जना बराबर एउटा मेडल प्रदेश एकले पाउने गरी प्रशिक्षणका काम गर्न निर्देशन समेत दिए ।

जवसम्म प्रशिक्षकहरु सक्रिय भएर लाग्दैनन् तव सम्म खेलक्षेत्र उठ्न नसक्ने बताउँदै वाग्लेले आफु सदस्य सचिव भएर आएको २ महिला नपुग्दै खेलकुदलाई चलायमान बनाउन पहिले जिल्ला खेलकुद विकासका पदाधिकारी र अहिले जिल्लाका प्रशिक्षकहरुलाई भेटघाटको कार्यक्रम गरेर प्रदेश एकलाई एक नम्बर मै ल्याउने गरी काम गरीरहेको बताए ।

20220602_090842137

जवसम्म नीजि क्षेत्रले खेललाई अपनत्व गर्दैन तव सम्म खेलकुद क्षेत्र माथि जान नसक्ने बताउँदै उनले नीजि क्षेत्रलाई खेलकुदका क्षेत्रमा ल्याउने गरी काम भइरहेका र प्रदेश सरकार र मन्त्रालयले सोही अनुसार बजेट छुट्टाए आफुले देखिने गरी प्रदेशको खेलकुदलाई चलायमान बनाउने समेत बताए ।

बोर्डले हरेक जिल्लाको खेलकुद विकास बोर्ड र प्रशिक्षकलाई के गर्नुपर्ने हो त्यो गर्न तयार रहेको बताउँदै तलव भत्ता लिने मात्र काम नगरी देखिनेगरी प्रशिक्षणको कामलाई अगाडि बढाउन आग्रह गरेका थिए ।

बोर्डको आयोजनामा प्रदेश एक भरीका एक सय २० प्रशिक्षकहरुलाई मोटिभेट गर्ने हिसावको तालिम शुरु भएको छ । तालिममा काठमाण्डौबाट आएका राष्ट्रिय खेलकुद खेलकुद परिषद्का हिमाल राज दाहाल, हिरादेवी पन्त र रिता देवि प्रजापतिले सहजकर्ताको भुमिका निर्वाह गरिरहेका छन् ।