सङ्खुवासभाः सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुख्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका का ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेका इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

बुधबार बिहान ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मिटर माथिबाट खसेको सुख्खा पहिरोले पुरिएर दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।
चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ ।

p7 p6 p5 p1 p4