इटहरीः इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हेमकर्ण पौडेलले पदभार ग्रहण गर्दाका बखत सदर गरेको निर्णय मंगलबारबाटै कार्यान्वयनमा आएको छ ।

नगरप्रमुख पौडेलले इटहरी अस्पतालबाट मात्रै प्रदान गरिँदै आएको स्वास्थ्य बीमाका विरामीहरुको रेफर इटहरीका अन्य स्वास्थ्य केन्द्रबाट समेत गर्ने गरिको निर्णयमा सदर गरेका थिए ।

पदभार ग्रहण गर्दै गर्दा सदर गरिएको निर्णयमा इटहरी अस्पतालबाट मात्रै गरिँदै आएको स्वास्थ्य बीमाका विरामीहरुको रेफर वडामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत गर्ने टिप्पणी आदेशमा हस्ताक्षर गरेका थिए ।

मेयरले टिप्पणी आदेशमा हस्ताक्षर गरेपनि उपमेयर संगीता कुमारी चौधरीले भने हस्ताक्षर गरेकी थिइनन् । जनताको लागि लोकप्रिय निर्णयमा उपमेयरले हस्ताक्षर नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

285404055_10159223343549023_2666048761392188499_n

मेयरको निर्णय कार्यान्वायननै हुन नसक्ने भन्दै निवर्तमान उपमेयर लक्ष्मी गौतम लगायतले सामाजिक संजालमै आलोचना गरेका थिए । लोकप्रियताका लागि सम्भवै नहुने टिप्पणी आदेशमा हस्ताक्षर गरेको निवर्तमान उपमेयर गौतमको भनाई थियो तर इटहरी अस्पतालले बुधबार एक सुचना जारी गर्दै इटहरी अस्पतालको स्वास्थ्य बीमाको सेवा विस्तार भएको जानकारी गराएको छ ।

नगरकार्यपालिकाको जेठ १० गतेको पत्रको निर्णय नम्बर ३ अनुसार इटहरी अस्पतालबाट उपचार हुन नसक्ने बिरामीका लागि इटहरी अस्पताल सहित पाँच वटा स्वास्थ्य केन्द्रबाट रेफर लिन सक्ने गरी सेवा सुरुवात गरिएको इटहरी अस्पतालले बताएको छ ।

अस्पतालका निमित्त अस्पताल प्रमुखद्धारा जारी गरिएको सुचनामा आज बुधबारबाटै लागुहुनेगरी हाँसपोसा, पकली, एकम्बा र खनारमा रहेका स्वास्थ्य केन्द्रबाट समेत इटहरी अस्पतालमा उपचार हुन नसक्ने बिरामीको लागि रेफर लिन सक्ने व्यवस्था मिलाइएको बताईएको छ । नगरप्रमुख संयोजक गरेको अस्पतालको नगरप्रमुख स्तरीय निर्णय अनुसार स्वास्थ्य बीमाका सेवाग्राहीको सुविधालाई ध्यानमा राखी सेवा विस्तार गरिएको अस्पताल प्रशासनले बताएको छ ।

इटहरी अस्पतालमा प्रशासन प्रमुख रामकुमार धमलाले नगरप्रमुख हेमकर्ण पौडेल इटहरी अस्पतालको बिषयलाई लिएर एकदमै चिन्तित भएको बताए । । भोलीका दिनमा इटहरी अस्पतालले रेफर दिने भन्दा पनि अन्तबाट रेफर भएर आउने विरामीको उपचार गर्ने हिसावमा अघिबढ्ने बताउँदै धमलाले अहिले आन्तरिक जनशक्तिबाटै नगरप्रमुख तथा इटहरी सरकारको निर्णय कार्यान्वायनमा आफुहरु लागेको बताए  ।

पाँच वटा स्वास्थ्य केन्द्रबाट इटहरी अस्पतालमा आउने र इटहरीबाट रेफर गर्नुपर्ने बिरामीलाई सेवा दिनका लागि आन्तरिक तालिम तथा अभिमुखिकरण तालिम लगायतका काम सम्पन्न गरेरै सेवा सुरु गरिएको धमला बताउँछन् ।

‘ कम्तीमा हाम्रैमा सेवा दिनेगरी प्रयासमा छौँ । अस्पतालमा आएका विरामीहरुले पुर्णरुपमा उपचार पाएर फर्किउन भन्ने हाम्रा चाहना हो त्यसमा नगरप्रमुख सकारात्मक र चिन्तित भएको पायौँ ।’ धमलाले प्रदेश पोर्टलसँग भने ।