धरानः धरानका नव निर्वाचित मेयर हर्कराज साम्पाङ्गको रोहवरमा ‘सेभ घोपा’ क्याम्पको आन्दोलनकारी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी विच वार्ता भएता पनि आन्दोलन भने जारी रहेको भएको छ ।

आन्दोलनको ५६ औँ दिनमा हामी नेपाली समुहले गरेको आन्दोलन वार्तामा परिणत भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियानमा हरेक दिन अपरान्ह ४ बजेदेखि हुने आन्दोलन वार्ता सकारात्मक भएता पनि आरी नै रहने भएको छ ।

आन्दोलनकारीले सोमबार प्रतिष्ठानमा उपकुलपनि डा. ज्ञानेन्द्र गिरीलाई एक घण्टा गाडीमै थुनिनुपर्ने अवस्था बनाएर भएपनि वार्तामा राख्न सफल भएका थिए ।

सोमबार राती नगर प्रमुख हर्कराज साम्पाङको रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसमेत उक्त वार्तामा सहभागी थिए ।

281754312_157085663521172_3351587765926888615_n

सेभ घोपा अभियानको तर्फबाट पनि ९ जना वार्तामा सहभागी थिए । वार्तामा सेभ घोपा अभियानको मागहरुमा बुँदागत छलफल भएको थियो । उपकुलपति डा।गिरी र अस्पताल निर्देशक डा.साहले ती मागहरुबारे कति पुरा भएको, कति पाइपलाइनमा रहेको भन्दै प्रष्ट्याएका थिए ।

वार्तामा समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाएर यथास्रिघ समस्या समाधानको कार्य शुरु गर्ने सहमति भएको छ । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना सदस्य रहनेछन् भने प्रतिष्ठानको तर्फबाट २ जना र एक जना नगर प्रमुखको तर्फबाट प्रतिनिधि रहने सहमति भएको छ । सेभ घोपाबाट स्पेन मगर र नविन राईं कार्यदलमा सदस्य रहनेछन् ।यसैगरि, तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिस वमोजिम गर्ने पनि सहमति भएको छ ।

283682884_157085800187825_508190187214261805_n

निर्देशन अनुसार काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने पनि सहमति भएको छ । विगत ५६ दिनदेखि जारी आन्दोलन अस्पताल प्रशासनल दिएको मिति २ हप्ता सम्म आन्दोलन चालुनै रहने बताइएको छ । दुई साताभित्र गर्न सकिने कामको भए नभएको देखेर मात्र आन्दोलन रोक्ने हामी नेपाली समुहका अभियान्ताले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मंगलबार एक विज्ञप्ती जारी गरी १५ दिनभित्र सुधारको प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीका अनुसार कार्यदलमा प्रतिष्ठानको तर्फबाट इन्टरनल मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा.दिव्यराज मिश्रा र अस्पताल प्रशासनका सुपरभाइजर अशोककुमार साह रहेका छन् । सेभ घोपा क्याम्पकोतर्फ नविन राई र स्पेन मगर कार्यदलको सदस्य छन् भने मेयरको प्रतिनिधिकोरुपमा पुर्ण गहतराज रहेका छन् ।

279761452_769112707767407_2822264844568375972_n