इटहरीः लामो समयदेखि सानो बर्षामा पनि डुवान हुने इटहरी उपमहानगरपालिकाको गेटै अगाडि मंगलबार बिहानै डोजर चलाइएको छ ।
आइतबार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैंठक बसेर नगरक्षेत्रका सम्पुर्ण नाला सफा गर्ने निर्णय गरेको तेस्रो दिन विहानै बर्षेनी देखि डुवान हुने उपमहानगरको गेट अगाडिको भागमा डोजर चलाइएको हो ।
खाल्डो परेको भागमा पानी जम्ने र आवत जावतमा समस्या हुने देखिएपछि नगरप्रमुख हेमकर्ण पौडेलको निर्देशनमा उपमहानगरको गेटै अगाडिको भागको डुवान समस्या समाधान गर्न डोजर लगाइएको हो ।
विपद् व्यवस्थापन समितिको बैठकले सबै वडा अध्यक्ष हरुलाई आफ्नो वडामा हुने डुवानका क्षेत्रहरुको विवरण संकलन गरी एक हप्ताभित्र नाला पैनी सफा गर्न भनिएको थियो ।
उपमहानगरको डोजरले सोमबारबाटै शहरका मुख्य चोकका नाला सफ ागर्ने अभियान शुरु गरिसकेको छ । सोमबार विराटनगर लाईनको नाला एउटा डोजर र ट्याक्टरको प्रयोग गरेर सफा गरिएको थियो । मेयरमा निर्वाचित भएपछि पौडेलले आइतबार बिहानै इटहरीका मुख्य चोक नजिकैका नाला पैनीको निरिक्षण समेत गरेका थिए ।