इटहरीः सरकारले वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयर आईपिओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था आगामी आर्थिक बर्षमा कार्यान्वायन गर्ने भएको छ ।
नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आइतबार वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपिओमा आरक्षण गर्ने व्यावस्था कार्यान्वायन गर्ने बताएका हुन् ।
धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे । दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने भएको छ ।
त्यसैगरी सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ । क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो ।
प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ । त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउने घोषणा बजेटमा छ ।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण घोषणा गरेको छ । आगामी आर्थिक वर्षबाट यस्तो नियम कार्यान्वयनमा आउने भएको हो ।