धरानः सोमबार सम्पन्न कार्यपालिका निर्वाचनबाट धरान उपमहानगरपालिकामा नेकपा एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् ।

नगरसभामा ५६ जना सदस्य रहेको नेकपा एमालेको कार्यपालिकामा समेत एमालेको बहुमत संख्या १८ जना पुगेको छ ।
मुलत सत्ता गठबन्धन र नेकपा एमालेबिच भएको प्रतिस्पर्धामा महिलातर्फ सावित्रा परियारले ५८, देवीमाया विश्वकर्माले ५६, विनिता बज्रचार्यले ५६, रविना गुरुंगले ५५ र सृजना नेपालले ५४ मत प्राप्त गरेर निवार्चित भएका छन् । यस्तै, महिला सदस्यमा गठबन्धनबाट उम्मेद्वार रहेका रहिसा कसजु ४५, रिता सुन्दास ४५, शुसिला श्रेष्ठ ४५, शोभा विक ४५ र शेषकुमारी घिमिरेले ४७ मत प्राप्त गरेका छन् ।

कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ पनि एमालेबाट अनुप देवानले ५१ मत, दिनेश विश्वकर्मा ५२ र विकास भाटी ५३ मत प्राप्त भएर निवार्चित भएका छन् । गठबन्धनका उम्मेद्वार प्रेमकुमार राई ५०, सन्तोष विश्वकर्मा ४६ र सर्वजित राईले ४८ मत प्राप्त गरेका थिए ।

कार्यपालिकामा जाने पाँच जना महिला नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएकाहरुमध्येबाट चुनिएका हुन् भने ३ जना बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु चुनिएका हुन् ।