धरानः हामी नेपाली नामक संस्थाद्धारा सञ्चालित सेभ घोपा क्याम्पका आन्दोलनकारी वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकलाई विदाई गर्न फुलको गुच्छा लिएर अस्पताल पुगेपछि सोमबार घोपा क्याम्प निकै बेर तनावग्रस्त बनेको छ ।
आइतबारमात्रै सेभ घोपा क्याम्पको आन्दोलनरत टोलीलाई वार्तामा आउन आव्हान गरेको घोपा प्रशासनले सोमबार फुलको गुच्छा बोकेर अस्पताल निर्देशकलाई भेट्न पुगेका आन्दोलनकारीको फुलको गुच्छा प्रहरीले फ्याकिदिएपछि थप तनाव सिर्जना भएको थियो ।
आइतबार वार्ताको लागि बोलाउने प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह २ दिन पछि कार्यकाल सकेर विदा हुने भएकाले आन्दोलनमा सहभागीहरु फुलको गुच्छा सहित प्रतिष्ठान पुगेका थिए तर प्रहरीले फुलको गुच्छा फाकिदिएको थियो ।
आइतबार वार्ताको लागि पत्र पठाउने प्रा डा गौरीशंकर साह भने केही छिन पहिला देखिएपनि आन्दोलनकारी आएको थाहा पाएपछि गायव बनेका थिए । २ दिन पछि कार्यकाल सकिने साहलाई ससम्मान विदाई गर्ने उद्देश्यले टोली अस्पताल प्रशासनमा पुगेपनि कार्यलयभित्र प्रवेश गर्न सुरक्षाकर्मीहरुले रोके पछि केही समय तनाव सृर्जना भएको थियो ।
कार्यालयबाट बाहिर निस्कदै गरेका अस्पताल निर्देशक साहले आन्दोलनकारीहरु देखेपछि भित्रै फर्किएका थिए तर उनी कता गए भनेर आन्दोलनकारीले पत्ता लगाउन सकेनन् ।
केहीबेर प्रहरीले रोकेको कारण अस्पताल निर्देशकलाई विदाई गर्न नपाएपछि आन्दोलनकारीहरु आक्रोशित भएका थिए । सौहार्द पुर्ण आन्दोलनमा रहेका उनिहरु ससम्मान अस्पताल निर्देशकको विदाई गर्न चाहान्थे तर त्यो सपना पुरा नभएपछि डेन्टल गेटबाहिर धर्नामा बसेका आन्दोलनकारीहरु सबै प्रतिष्ठानभित्र प्रवेश गरेका थिए ।
राष्ट्रिय झण्डा, प्ले कार्डसहित प्रतिष्ठानको प्रशासनिक भवन परिसरमा आन्दोलनकारीहरु धर्नामा बसेका थिए । हामी नेपालीको टोलीले शान्तिपुर्ण आन्दोलन जारी राख्ने जानकारी दिएका छन् । उनिहरुले भिसिसहितको पदाधिकारी विनाको वार्ता टोलीसँग वार्ता नगर्ने पनि बताएका छन् । उता प्रतिष्ठानले भने आइतबारै वार्ता टोली गठन गरी आन्दोलनकारीको तर्फबाट पनि ५ सदस्यीय टोली गठन गरेर आउन भनेको थियो ।
वीपी प्रतिष्ठानको उपचार सेवा सुधार गर्न माग गर्दै सो टोलीले प्लेकार्ड र नारा बोकेर ५५ दिनदेखि शान्तिपुर्ण आन्दोलन गरीरहेको छ । धरानेहरु स्वतह स्फुर्त रुपमा दैनिक ४ बजेदेखि ६ बजेसम्म आकर्षक प्ले कार्ड र नारा सहित अनसनमा बस्दैछन् । केही दिन अघि निर्वाचित मेयर हर्कराज राईले समेत आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र आफुले पनि वीपी सुधारको लागि का मगर्ने बचन दिएका थिए ।