इटहरीः इटहरीको ब्लुमिङ्ग लोटस इङ्गिलस बोर्डिङ्ग स्कुलकी छात्रालाई ७ बर्षअगाडी बलात्कार गरेको आरोप लागेका सो विद्यालयका तत्कालिन प्रिन्सिपल राज खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।

विद्यालयको होस्टलमा बसेर माध्यामिक शिक्षा लिइरहेकी छात्रालाई बारम्बार ब्लाकेमेल गर्दै बलात्कार गरेको आरोप लागेका खड्का बालिकाले उजुरी दिएपछि फरार थिए ।

फरार रहेका खड्कालाई प्रहरीले काठमाण्डौको त्रिपुरेश्वरबाट बिहिबार पक्राउ गरी सुनसरी ल्याएको थियो । केन्द्रिय अनुसन्धान व्युरो सिविआईको टोलीले खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीलाई जिम्मा लगाएपनि खड्का सुनसरी प्रहरीको नियन्त्रणमा थिए । सोमबार अदालतले गरेको फैसला पछि खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनलाई झुम्का कारागार पठाइएको छ ।

बिहिबार काठमाण्डौबाट झिकाईका खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो ।बयानपछि थुनछेक बहस भएको र उनलाई न्यायाधीश सुबासबाबु पुरीको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

२०७५ सालमै खड्काविरुद्ध पीडित छात्राले उजुरी दिएपछि फरार रहेको खड्का काठमाण्डौमा पनि कुनै निजी स्कुलमा प्रिन्सिपलकै भुमिकामा काम गरीरहेको बुभिएको छ ।

खड्काले ती छात्रालाई उपचार गराउन लैजाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको र त्यहिबेला भिडियो बनाएर ब्लाकमेल गर्दै बारम्बार बलात्कार गर्ने गरेको आरोप छ ।