धरानः धरानको वीपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेभ घोपा क्याम्पस नामक अभियान सन्चालन गरिरहेका अभियान्ताहरुसँग वाता गर्न वार्ता टोली गठन गरिएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले उपकुलपतिको निर्देशनमा घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वार्ता टोली गठन गरिएको बताएका छन् । साहले आइतबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ता टोली गठन गरी वार्तामा आउन भनेका छन् ।
उपकुलपतिको निर्देशनमा वार्ताको लागि ५ सदस्यीय वार्ता टोली गठन भएको र वार्तामा आउन आह्वान गरिएको छ । ‘सेभ घोपा क्याम्प’ अभियानलाई पनि पाँचजनाको वार्ता टोली गठन गरेर आउन आह्वान गरिएको छ ।
उता घोपा बचाउ अभियानका संयोजक सुदन गुरुङले उपकुलपति नै नभएको र वार्ताको औचित्य नभएको प्रष्ट्याएका छन् । अभियान्ताहरुले उपकुलपति सहितका पदाधिकारीको वार्ता टोलीसँग मात्रै वार्ता गर्ने बताएका छन् ।
‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर धरानमा दिनहु दिनको ४ बजेदेखि प्ले कार्ड र व्यानर सहित धराने अभियान्ताहरुले आन्दोलन कार्यक्रम जारी राखेका छन् ।उनीहरु प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बस्ने गरेका छन् ।
जिन्दगीसँग खेलबाड गर्न पाइँदैन भ्रष्ट प्रशासन चाहिदैन’, हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर उनीहरुको धर्ना आजसम्म पनि जारी छ ।
बीपीमा जाँच गर्न जाने विरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई लगायतका उपकरण सहि नहुँदा ठुलो मुल्य तिरेर निजी ल्यावमा जानुपर्ने लगायतका समस्याले ग्रस्त भएपछि स्वतह स्फुर्त रुपमा सेभ घोपा अभियान जन्मेको हो ।
अस्पतालको एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेको सुविधा दिनुपर्ने लगायतका माग राखेर सुरु गरिएको आन्दोलनलाई सुरुका दिनमा धरानका मेयर हर्कराज साम्पाङले समेत साथ दिँदै आइरहेका थिए ।