बराहक्षेत्रः व्यक्तित्व र नेतृत्व बिकासको अग्रणी संस्था चक्रघट्टी जेसीजले स्थानीयतह निर्वाचन २०७९ बाट निर्वाचित बराहक्षेत्र नगरका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
शनिवार चक्रघटीमा नवनिर्वाचित मेयर रमेश कार्कीको प्रमुख आतिथ्यता र चक्रघट्टी जेसीज वर्ष २०२२ का अध्यक्ष दिवस बिष्टको सभादक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मेयर कार्कीसहित उपमेयर नन्दाकुमारी राई, वडाअधक्ष्यहरु किसन थापा, होम प्रसाद गौतम, राजदिप लामा, आशाराम चौधरी, रोहित काफ्ले, उद्वब प्रसाद पोखरेल, कपिल आचार्य, रोशन खड्का, निरन्जन मण्डल चन्द्रबंशी, तेज गुरुङ र कृष्ण कुमार महत्तोलाई सम्मानपत्रसहित स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर कार्कीले आफूलाई चक्रघट्टी जेसीज वर्ष २०१५ को अध्यक्ष रहेको भन्दैगर्दा गौरव लाग्ने बताए । फरक प्रसंगमा उनले भने, ‘अब बराहक्षेत्रका जनप्रतिनिधि कुनै दलको नभएर बराहक्षेत्रनासीको भएकाले हाम्रो मुख्य उदेश्य यहाँको दिगो बिकासमा हुनेछ ।’