इटहरीः मेचिनगर नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित भएका पर्यटनकर्मी एंव अभियान्ता अर्जुन कुमार कार्की निर्वाचित भएलगत्तै सीमाका समस्या बोकेर भारतको कोलकोत्ता पुगेका छन् ।
लामो समयदेखि सीमाका समस्या, मेचीनगरको बाहुनगाँडीमा हुने हात्ती आतंक र पर्यटनको सवालमा अभियान्ताको रुपमा कार्यरत कार्की गत बैशाख ३० गते सम्पन्न स्थानीय निकाय निर्वाचनमा मेचिनगर ४ को वडा अध्यक्षमा भारी मत सहित विजयी भएका थिए । कार्की सहितको सरोकारवालाको टोलीले भारतका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा र कोलकत्ता स्थित महावाणिज्य दुत ईश्वरराज पौडेलसँग सीमा नाका र अन्य विविध सरोकारका विषयमा छलफल गरेको छ ।
आइतबार पश्चिम भारतको कोलकत्तामा मेचीनगर नगरपालिका वडा नं ४ का नव निर्वाचित वडाध्यक्ष तथा अभियानता अर्जुनकुमार कार्की सहित सारोकारवालाहरुको टोलीले सीमा क्षेत्रमा हुने विभिन्न संभावना तथा चुनौतिको विषयमा छलफल गरेको वडा अध्यक्ष कार्कीले बताएका छन् । कार्कीले सीमा क्षेत्रबाट हुने लागू औषधको तस्करी तथा कारोबार, चुरे क्षेत्रको दोहनमा द्वि–देशीय समझदारी सम्बन्धमा, हात्ती समस्या र पर्यटनसँग जोड्ने प्रयास आदीको बारेमा समस्या तथा समाधनको लागि गरिनु पर्ने कार्यहरुको बारेमा महावाणिज्य दुत र राजदुत दुवैलाई आफ्नो राय सुझाएका थिए ।
सरोकारबालाको टोलीमै सहभागि भएका कृषक लुसन तिवारीले गाईको दुध तथा दुग्ध परिकारहरुको व्यापार, चिया तथा तेजपातको बजार लागयतको विषयमा राम्रो सम्भावना रहेको बताएका थिए । तिवारीले भारत सरकारसँग कुटनितिक सम्बन्ध राख्दै ति र अन्य विविध विषयहरुमा सहयोगको गरिदिन नेपाली महावाणिज्य दुत र राजदुतलाई आग्रह गरेका थिए ।
छलफलमा मेचीनगर ४ को लागि एउटा एम्बुलेन्स तथा सीमाबाट हात्ती नेपालमा छेक्न प्रयोग गरिने गाडीको लागि पनि पहल गरिदिने आस्वशन राजदुत शर्माले दिएका थिए । सीमाका कतिपय समस्याहरु स्थानिय स्तरबाटै सिडिओ तथा सुरक्षा अधिकारीहरुले समन्व्यात्मक कार्य गरेर समाधानको बाटो पहिल्याउन सकिने राजदुत शंकर प्रसाद शर्माले बताएका थिए ।
नीतिगत कुराहरुमा समन्वय गरेर नयाँ मेची पुलबाट सहजै आवतजावत गर्न पहल गर्ने महावाणिज्य दुत पौडेलले प्रविबद्धता व्यक्त गरेका छन् । मेची भन्सार र रानिगञ्ज भन्सारको सम्बन्ध मजबुत गरी पैठारी र ढुवानी दुवै सहज बनाउन कोलकत्ताबाट गर्नुपर्ने सबै कामा आफूँहरुले सहजिकरण गरेको समेत महावाणिज्य दुत पौडेलले बताएका थिए ।
आगामी जेठ २२ गते मेचीनगर ४ मा आयोजना हुन लागेको विश्व वातावरण दिवस’ कार्यक्रममा निम्तो लिएर कोलकत्ता पुगेको टोलीलाई कोलकत्ता स्थित महावाणिज्य दुतको कार्यालयबाट हुनसक्ने सबै किसिमको सहयोग समेत गर्ने पौडेलले आश्वासन दिएका थिए ।