इटहरीः किराँतहरुको पर्व साकेलाको अवसारमा किराँत राई यायोक्खा सुनसरीले शनिवार धरानमा साकेला सिलि प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोसा वडा कार्यसमिति प्रथम भएका छन् । धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हाँसपोसा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम स्थानमा आउन सफल हाँसपोसा वडा कार्यसमितिले नगद ३० हजार पुरस्कार हात पारेको छ ।
पुरस्कृत कार्यसमितिकी अध्यक्ष इन्दिरा राईलाई आयोजक संस्थाका अध्यक्ष राजेन्द्र राई, निवर्तमान अध्यक्ष वलराम राई, वावु रनिङ कपका दाता तथा यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले वावु रनिग कप समेत हस्तान्तरण गरेका थिए ।
शिली प्रर्दशनीमा धरान १९ वडा कार्यसमिति दोस्रो भएको छ भने धरान १७ वडा कार्यसमिति तेस्रो भएको छ । दोस्रो र तेस्रोले क्रमश २५ हजार र नगद २० हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितात्मक शिली प्रर्दशनीमा किराया सुनसरी भरिको ३० भन्दा बढी वडा कार्यसमितिहरुले सहभागीता जनाएको थियो । यसैगरी, उत्कृष्ठ पहिरनको पुरस्कार धरान १८ वडा कार्यसमितिकी निनाम्माङ्ग राईले पाइन् । उत्कृष्ठ ढोलबादक धरान १७ वडा कार्यसमितिका सतिस राईले पाए । दुवैले जनही नगद ३ हजार पुरस्कार पाए ।
किराँत राई यायोक्खाले अरुको कार्यक्रममा सबैभन्दा बढी साकेला प्रस्तुत गरेको भन्दै प्रोत्साहन पुरस्कार समेत प्रदान गरेको छ । अरुको कार्यक्रममा सहभागीता जनाउने धरान भित्र वडा १५ कार्यसमिति र धरान बाहिर इटहरी ६ कार्यसमितिले पाँच हजारका दरले पुरस्कार पाएका छन् ।
सुनसरी भरीको मौलिक भेषभुषातर्फ धरान १७ प्रथम, धरान ८ दोस्रो र धरान ५ र ६ तेस्रो भएको छ । उनीहरुले क्रमशः नगद पुरस्कार ७ हजार, ५ हजार र ३ हजार हात पारेको छ ।
उत्कृष्ठ कार्यक्रम व्यवस्थापन धरानभित्रमा धरान ८, धरान १५ र धरान १३ वडा कार्यसमितिले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार हात पारेको छ । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार प्राप्त गर्यो । सोही विधामा धरानबाहिरतर्फ इटहरी ५ र ७ वडा कार्यसमिति प्रथम, बक्लौरी दोस्रो र इटहरी २ शान्तिनगर तेस्रो भएको छ । उनीहरुले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पार्यो ।
उत्कृष्ठ साँस्कृतिक सामग्री प्रर्दशनतर्फ धरानभित्र धरान १३ प्रथम, धरान ८ दोस्रो र धरान १६ तेस्रो भयो । धरानबाहिरमा इटहरी ५ र ७ प्रथम, इटहरी १, १९, २० दोस्रो र पकली तेस्रो भएको छ । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्यो । बैशाखे पुर्णिमादेखि ढोल झ्याम्टा पूजेर शुरु हुने साकेला उभौली पर्व किरातहरुको महत्वपुर्ण पर्वको रुपमा लिइन्छ । शनिवारको प्रतियोगितात्मक सिलिसँगै किराँत राई यायोक्खा सुनसरीले शनिबारदेखि विधिवतरुपमा समापन गरेको छ ।
शनिबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभामुख प्रदिपकुमार भण्डारी , प्रदेशका सामाजिक विकास मन्त्री राजन राई, धरानका मेयर हर्क साम्पाङ, यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले मन्तव्य व्यक्त गरेका थिए ।