बराहक्षेत्रः सप्तकोसी डुबान कटान पीडित संघर्ष समिति बराहक्षेत्र नगर सुनसरीका कोषाध्यक्ष एबम् संघर्ष समितिका अगुवा गणेश सुब्बा विरहीको शुक्रबार निधन भएको छ ।

सप्तकोसी नदीबाट कटान ब्यहोरिरहेका सर्वसाधारणको निम्ति २०६६ सालदेखी निरन्तर आन्दोलन गरिरहेका विरहीको ८४ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

प्रथम जगद्गुरुपीठ एवम् श्री राधाकृष्ण भक्तिसाधना आध्यात्मिक प्रतिष्ठानका संस्थापक सदस्य, जगद्गुरु श्री रामानन्दाचार्य सेवापीठका अध्यक्ष एबम् दर्जनौँ सङ्घसंस्थामा आबद्ध विरही बराहक्षेत्रका समाजसेवीको रूपमा परिचित थिए ।

मुटुको रोगका बिरामी विरहीको बिराटनगर स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने उनको अन्तिम संस्कार सोमबार गरिने परिवार स्रोतले बताएको छ । उनका ३ श्रीमती, ३ छोरा र ३ छोरी रहेका मध्ये जेठी श्रीमतीकी निधन भैसक्या छ ।