तारा पोख्रेल
इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ बरगाछी बसोबास गर्ने शंकर खत्री (खतिवडा)ले ठगी गर्दै आफ्नो जीबिकोपार्जन गर्दै गरेको पाईएको छ ।

खत्रीले सोझा सिधा र कोही अपरिचित ब्यक्तिलाई बिभिन्न साइनो लगाएर बिभिन्न आशा देखाएर ठग्ने गरेको खुल्न आएको हो ।

खत्रीले आफ्नै गाउँका केही युवाहरुलाई फसाउने गरेको स्थानीय युवाहरुको आरोप छ । बारम्बार ठगी गर्ने गरेका खत्रीले नागरिकता समेत हराएको भन्दै हालसम्म चौथो प्रतिलिपि निकालेको पाइएको छ । नागरिकता हराएको हो या कुनै गलत काम गरेर नागरिकता जफत भइ सकेपछि अर्को प्रतिलिपि निकाल्दै गर्दा चौथो पुगेको हो, त्यो भने शंकाकै घेराभित्र रहेको स्रोतले बताएको छ ।

खत्रीले ठग्नै क्रममै सुन्दरहरैचा नगरपालिकामा रहेको शान्ता दाहालको नामको १७ धुर जग्गा हड्प्ने हेतुले जिल्ला अदालत सुनसरीमा मुद्धा सेमत हालेको पाइएको छ ।

280314119_319750970338001_8990933536502169571_n

घटनाको विवरण अनुसार दाहालका नाममा रहेको १७ धुर जग्गा खरिद गर्न दाहालकै बुबासँगको चिनजानबाट जोडिएका खत्रीले जग्गा किन्छु भन्दै कहिले बैना गर्ने र कहिले बैंकबाट ऋण निकाल्छु भन्दै बैंक प्रयोजनका ,लागि अर्को बैना कागज बनाउन लगाउने र अन्त्यमा फसाउने हिसावले अघि बढेको खुल्न आएको हो ।

जग्गा बिक्रीमा छ भएको थाहा पाएपछि इटहरी स्थित शान्ता दाहालको घरमा पुगेका खत्रीले ‘म जग्गा किन्छु दाम मिलाउनुस्’ भनेपछि ‘ठिकै छ दाम मिल्यो भने दिउला’ भनेको र उसले दिने दाम नमिले पछि त्यत्तिकै गएको पछि फेरि बारम्बार त्यो जग्गा चाहियो दिनुस भनि फोन गर्ने, घर आउने अनि बार्गेनिङ गरेर दिक्क लाउने गरेको दाहालले बताएकी छन् ।

खरिद गर्छु भन्ने खत्रीले कहिले दामको बार्गेनिङ, कहिले समयको बार्गेनिङ गरेर वाक्क लगाएपछि जग्गा १६ लाख मुल्य कायम गरेर १ लाख बैना दिने १५ लाख पछि पास गरेका दिन दिने निधो भएर बैना गर्ने र कागज बनाउने सहमति भएको र बैनाको कागज बेलबारी मालपोत कार्यलयको केशब भट्टराईको लेखापढी गर्ने कार्यलयमा मिति २०७७ असार १९ गते गरिएको थियो । खत्रीले जग्गा खरिद गर्न १ लाख बैना गर्दै २०७८ जेष्ठ ५ गते पास गर्ने अन्तिम मिति भनेर कागज गरी दुबै पक्षहरूले सहीछाप गरेका थिए ।

बैना गर्ने बेलामै खत्रीले आफुसँग पैसा नभएको भन्दै बैंकबाट पैसा निकाल्न बढी बैना गरेको कागज बनाउन अनुरोध गरेको र बारम्बार इन्कार गर्दा पनि पिछा नछोडेपछि खत्रीकै सजिकोको लागि दाहालले ३१ लख रुपैया पुरा मुल्य र बैनामा १५ लाख लिएको भन्दै नक्कली कागज समेत गराउन बाध्य पारेको पाइएको छ ।

एक लाखको सक्कली बैना गरेको कागजको पछाडि ‘यो सक्कल बैना कागज हो अर्को ३१ लाख दाम राखेर १५ लाख बैना लिएको नक्कली कागज हो यो बैकमा पैसा निकाल्ने प्रयोजनको लागि मात्र बनाइएको होे ’ भनि लेखिएको दुवै पक्षको सहिछाप सहितको कागज समेत दाहालले राखेकी छन् ।

कोरोनाको कारण पास गर्न केही ढिला भएको र अषाढ १५ गते मालपोत खुलेपछि पास गर्न तयार हुनुहोस भनेर खवर गर्दा हुन्छ भन्दै खत्रीले टार्दैै गएको तर असार, साउन वित्दा पनि जग्गा पास गर्न नआएपछि उसलाई बैना फिर्ता दिने र पहिलेको मुल्यमा जग्गा नदिने भन्दै दाहालले अर्कैलाइ जग्गा बेच्न खोजेकी थिइन् । त्यो पहिलेको मुल्यमा नदिने र अर्कै मुल्यमा जग्गा बेच्ने प्रकृया चलाउदै जाँदा समेत खत्रीले आफु बढेकै मुल्य हाल्न तयार रहेको भन्दै अन्त बिक्रि गर्न नदिएको समेत खुल्न आएको छ ।

‘म आफँै त्यहि दाम २१ लाखमा जग्गा किन्छु ’ भनेपछि त्यो पछिल्लो ग्राहक फर्काएर उहि शंकर खत्रीलाइ जग्गा २१ लाखमा दिने निर्णय गरि भदौ २५ गते बेलबारी मालपोत कार्यलयमा पास गर्न गएका थिए । तर लिखत तयार गरीे २० लाखको थैलीमा कार्यलयमा टोकन लगाए पनि पैसा दिने बेलामा पहिले १ लाख बैनामै दिएको र बाँकी २० लाख भने नबिल बैकमा जम्मा गरेको भन्दै नक्कली कलेक्सन भौचर देखाएर पैसा जम्मा गरिदिएको भन्दै खत्रीले ठग्न खोजेको समेत पाईएको छ ।

दाहाल परिवारले बैंकमा बुझ्दा पैसा जम्मा नभएको र खत्रीले देखाएको भौचर समेत नक्कली भएको थाहा पाएपछि जग्गा पास गर्ने काम रोकेर अव उसलाई जग्गा नदिने निर्णय गरेका थिए ।शान्ताले तुरुन्तै खत्रीले जग्गा खरिद प्रक्रियाको लागि गरेको १ लाख बैना फिर्ता गरेको बताएकी छन् ।

बैंना फिर्ता गरेपछि बैंनाको कागज त्यतिवेलै च्यातेको तर उक्त जग्गा बिक्रि गर्न भाँजो हाल्ने , त्यँहा गएर ‘मैले किनेको जग्गा हो मैले १५ लाख बैना दिएको छु त्यो मेरो जग्गा हो कसैले नकिन्नु होला’ भनि स्थानीयलाइ हप्काउने कार्य समेत गर्ने गरेको पाइएको छ ।

मालपोतमा पनि टोकन लगाएको जग्गा बिक्रि गर्न कठिनाइ हुने र त्यो टोकन खुलाउन दुबै पक्ष चाहिने हुँदा उ मालपोत नजाने गरेको दाहालले बताएकी छन् ।खत्रीले आफुले बैना फिर्ता लिइसकेपछि अनावश्यक रुपमा जग्गा बिक्रिमा भाँजो हाल्ने नक्कली बैना कागज देखाएर ‘मैले १५ लाख बैना दिएको छु त्यो मलाइ चाहियो’ भनि अनावश्यक दुःख दिने गरेको समेत पाईएको छ ।

खत्रीकै कारण मालपोतमा लगाएको टोकन अहिलेसम्म नहटेको र जग्गा अर्को तिर बिक्रि वितरण गर्न समेत नपाएको दाहाल बताउँछिन् । तर खत्रीले भने ‘त्यो नक्कली कागजमा बनाइएको १५ लाखको बैना नदिए त्यो टोकन हटाउदिन’ भनि जिद्दि गरिरहेका छन् ।

हाल खत्रीले अन्तमा जग्गा बिक्रि हुने छाँटकाट पाएपछि जिल्ला अदालत सुनसरीमा १५ लाखको बैना कागजको आधारमा बैना गरेको रकम दिलाइ पाँउ भनि मिति २०७८ चैत्र ३ गते शान्ता दाहालको नामको सम्बन्धित जग्गा र इटहरीमा रहेको घर भएको जग्गा समेत रोक्का हुनुपर्ने भन्दै मुद्दा हालेका छन् ।

आफुले गल्ती गर्ने र दुःख दिन शान्ता दाहालको सम्पुर्ण जग्गा हड्पी ठग्ने नियतीले शंकर खत्रीले आफुमाथि झुटो मुद्दा हालेको पिडित पक्षको गुनासो छ ।त्यतिमात्र नभई खत्रीले गाउँका धेरै केटाहरुलाई कुलतमा फसाउने गरेको र काठ तस्करीमा समेत संलग्न रहेको र सोही काण्डमा अदालतमा मुद्दा खेपी रहेको पाइएको छ ।

खत्रीकै गाउँबासी बन्धु चेवन खतिवडालाई मोटरसाइकल किनिदिन्छु भन्दै ४० हजार रुपैँया लिएको, फर्निचर किनेर पैसा नदिएको समेत पाईएको छ ।

शंकरले दाजुभाईलाई समेत मुद्दा लगाएको र त्यसै कारण आफ्ना सबै दाजुभाइसंग राम्रो सम्बन्ध नभएको बताइएको छ । काठको काम गर्दा ठगीमा संलग्न भएका खत्रीले नक्कली रक्सिको कारोबार गरेको बताइन्छ । बाँसको ब्यपार गर्दा बाँसको पैसा नदिएको समेत आरोप लागेका शंकर खत्रीले पिन्डेश्वरी नामको मन्टेश्वरी स्कुल खोलेर बिगारेको तथा १० हजार भन्दा बढी धेरैको पैसा खाएर नतिरेको स्रोतको दावी छ ।

खत्रीले बिष्णु अधिकारी नामका व्यक्तिलाई टाउकोमा हानेर फुटाइ ९० दिन थुनामा समेत बसेको र पुनः पक्राउ पर्ने डरले टिका लगाएर पहेलो लुगा र रुद्राक्षको माला लगाइ ब्राम्हण भेषमा हिड्ने गरेको पाइन्छ ।