बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको सदरमुकाम रहेको चक्रघट्टी बजारमा एक चोक छ, बुधबारे चोक । यहाँ बुधबार बजार (हटिया) लाग्ने भएकाले यसको नाम बुधबारे हुन गएको स्थानीयहरु बताउँछन् ।

एक दशकअघि नामको मात्र बुधबारे चोक बिगत ९ वर्षयता सजावट र बनावटले आकर्षक बनाइन थालियो । प्राकृतिक हराभरासहितको रुख बिरुवा रोपेर वरिपरिबाट सिमेन्ट ढलान र तारजालीले घेरिएको यस् चोक हिजोआज भने फेरिएको छ । अहिले यहाँ बुद्वको मुर्तीसहितको पानीको फोहोरा निर्माण गरिएको छ ।

९ सदस्यीय समितिको उपभोक्ता समितिले निर्माण गरेको यस संरचनालाई गत जेठ २ गते बुद्ध जयन्तीको अवसरमा उदघाटन समेत गरिएको समितिका सचिव विश्वास तामाङ बताउँछन् ।

स्थानीयबासीहरुको भने मिश्रित प्रतिक्रिया रहेको छ । एकाथरीले पहिलेको संरचना उत्कृष्ट भन्ने पक्षमा छन् भने अर्कोथरी अहिलेको । फोटोमा हेर्नुस् पहिलाको बुधबारे चोक र अहिलेको ।

280666808_2801930226779629_6846268169041481056_n 280439023_3102968793259022_2821899449548798331_n 281112299_1025244314762148_8532030190833583284_n 281685889_1691888071176407_4456856151339210299_n 280788663_538096377952068_4434474329066083419_n 283270604_1163876334155595_3556696393473722354_n 280957657_1074548900154028_1318932940975730850_n 283345601_526055572338279_1513168176056799684_n