बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसको निम्ति सन्तोषजनक क्षेत्र होईन भन्दा फरक नपर्ला । खासगरी ‘कम्युनिस्ट किल्ला’भनेर परिचित यस् भेगमा विगतका केहि चुनावहरुलाई नियाल्दा कांग्रेसको प्रायशस् पराजित यात्रा देखिन्छ ।

अघिल्लो स्थानीयतह निर्वाचनमा समेत नगरप्रमुख र उपप्रमुख गुमाएको कांग्रेसले यहाँका ११ वडामध्ये ३ वडाको नेतृत्वमा चित्त बुझाउन बाध्य भएको थियो । उतिखेर आफ्नै नेताहरूले घात घरेको, पर्याप्त संगठन बिस्तार नभएको, भातृ संस्थाहरुको चलायमान गराउन नसकेको निष्कर्षसहित कांग्रेसीजनले हार स्विकारे गरे ।

स्थानीयतह निर्वाचन २०७९ मा बराहक्षेत्रमा कांग्रेसले अप्रत्याशित नतिजा निकाल्यो । यसपटक कांग्रेसले नगरप्रमुखसहित यसपटक ८ वडामा जीत हासिल गर्यो । यसको कारणतस् जनभावानाको अनुमोदन नै भएपनि अन्य थुप्रै ‘फ्याक्टर’ले यहाँ कांग्रेसको ऐतिहासिक जीत सम्भव हो । जसअन्तर्गत नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको साथले समेत उपलब्धि मिलेको भन्न सकिन्छ । त्यस्तै, पार्टीलाई सक्रिय बनाउँदै लागि पर्ने कार्यकर्ताहरुको मूख्य भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।

त्यसमा पनि कांग्रेस भित्रको एकता र नेतृत्वले पनि कांग्रेसलाई विजय गराउन ठुलो भूमिका खेल्यो । पार्टीका अग्र अहोदामा रहेका नेतादेखी अहोरात्र घरदैलोमा खटिएका कार्यकर्ता र सुभेच्छुकसम्मको पनि कृयाशिलताका कारण कांग्रेसको आज जीत भएको हो ।

प्रत्येकजसो नगर कार्यसमितिका प्रतिनिधि, नगरमा रहेका महासमिति, महाधिवेशन, जिल्ला, क्षेत्र, प्रदेससभा, प्रतिनिधिसभा, वडा सभापति, क्षेत्रिय प्रतिनिधिदेखि क्रियाशील सदस्यहरुको देन उल्लेख्य देखिन्छ । त्यसमा पनि सतहमा जिम्मेवारी पाएपश्चातको क्रियाशीलताको आधारमा काम गर्ने केहि नेतामध्येका एक नेताको चर्चा आजको लेखमा आवश्यकीय हुने छ । उनी हुन्-कार्यवाहक सभापति युवराज श्रेष्ठ ।

कार्यवाहक सभापति युवाराज श्रेष्ठ

बराहक्षेत्र काग्रेसमा सभापतिनै मेयरको उमेदवार भएपछि उपसभापति युवराज श्रेष्ठले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाए । युवा जोस भएका कार्यवाहक सभापति श्रेष्ठले पार्टी पंक्तिलाई साथै लिएर पार्टीको गतिविधिलाई बिस्तार गरे । पार्टीको आधिकारिक उमेदवार बिरुद्ब परेको बाघि उमेदवार फिर्ता गराउन उनीहरूको घरघर कुदे । निष्क्रिय जस्तै बनेर बसेका पार्टीका भातृ संस्थाहरूलाई चलायमान गराए ।

नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले युवा जोस, जाँगर चुनावमा खन्याए र, अन्ततः पार्टीलाई जीत दिलाए । श्रेष्ठ निकट एक नेता भन्छन्, ‘कावा सभापतिले यसपटक बुधमा मतगणनामा देखाएको सक्रियता सायदै मैले आजसम्म यस्तो कसैको देखेको थिइनँ ।’ उनकाअनुसार रातभर मतगणनामा एक झप्को नसुतेर पनि कार्यकर्तालाई रुझाएर सिंगो कांग्रेसको शीर उच्च बनाए । आफूले पाएको जिम्मेवारीलाई ईमानदारीताका साथ निभाएका श्रेष्ठ प्रवित्तिले बराहक्षेत्रमा खुम्चिएको कांग्रेसले चारतारे झन्डा फर्फराउन सफल भएको कांग्रेसीजनको बुझाइ छ ।