बराहक्षेत्रः खाने, पिउँने, घुम्न जाने र पार्टी दिने जन्मदिन मनाउने चल्तीमा तरिकाहरु हुन् । केहि सामाजिक कार्यमा आफूलाई समर्पित गरेर जन्मदिन मनाउने प्रचलन पनि आजभोलि यदाकदा देख्न सकिन्छ ।

यसैबीच जनता बहुमुखी क्याम्पस इटहरीका नेताले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका छन् । क्याम्पसका नेपाल विद्यार्थी संघ सहसचिवको अहोदामा रहेका बालकृष्ण काफ्लेले आफ्नो २२औं जन्मदिनको अवसरमा कल्याणकारी आधारभूत बिधालयका विद्यार्थीलाई कापी तथा कलम वितरण गरेर जन्मदिन मनाए ।

केराबारी गाउपालिका स्थित ३ वडाको गुमानेमा रहेको त्यस बिधालयका विद्यार्थी कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने ३५ बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ । विद्यार्थी नेता काफ्लेले बिधालयमा अध्यापन गराउने प्रधानाध्यापक, शिक्षक-शिक्षिका, शिक्षक अभिभावाक संघ अध्यक्ष र विद्यार्थी अभिभावकहरुलाई समेत डायरी र कलम बितरण गरे ।

सामाग्री ग्रहणपश्चात् विद्यार्थी र बिधालयकी प्रधानाध्यापक सरिता भट्टराईले जन्मदिनको शुभकामनासहित आभार प्रकट गरेकी थिइन् । ‘सामाजिक प्राणी भएपछी समाजका हरेक पक्षहरुसँगै हातेमालो गर्नुपर्छ भन्ने मैले बुझेको हुनाले जन्मदिनमा मेरो सानो प्रयास हो,, नेता काफ्लेले भनें ।