इटहरीः मोरङ जिल्लाको जहदा गाउँपालिका – २ मा आफ्नै श्रीमतिको हत्या गरेको पाँच दिनपछि हत्यामा संलग्न भएको आरोपमा दिनेश कुमार राजभर पक्राउ परेका छन् ।

आफ्नै ३५ वर्षीया श्रीमति गीतादेवी राजभरलाई हत्या गरी फरार भएका ४३ बर्षीय राजभरलाई प्रहरीले पक्राउ गरेको हो ।श्रीमति हत्या गरेको पाँच दिनपछि राजभरलाई मोरङ प्रहरीले विराटनगर ८ बाट मंगलबार राती नियन्त्रणमा लिएको हो ।दिनेशले जेठ ६ गते राती ९ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् ।

दिनेशले काठ र माटो खन्ने हतिहारले हानेर हत्या गरेर राती फरार भएको मोरङ्ग प्रहरीले जनाएको छ ।गीतादेवीको निधारमा गहिरो चोटसगै शरिरका विभिन्न भागहरुमा निलडाम भेटिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाउँदा कुटपिट गरी हत्या गरेको प्रमाणित भएको बताइएको छ ।

दिनेश राजभरले राती नै श्रीमतीको हत्या गरी सोही राती नै जहदाबाट फरार भई विराटनगर आएका थिए । प्रहरीको तिव्र खोजी कार्यपछि उनलाई मंगलबार राती विराटनगर ८ बाट लुकिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

‘घरयासी विवादलाई लिएर श्रीमतिको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दिनेशलाई प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद थपगरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको मोरङ्ग प्रहरीको भनाई छ ।