बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाका नवनिर्वाचित मेयर रमेश कार्कीले नगरभित्रका महिलालाई प्रसुति गराउन नगरबाहिर जाँदा एम्बुलेन्स खर्चस्वरुप २५ सयका दरले सहयोग गर्ने निर्णय गरेका छन् ।

आज (बुधबार) पदभार ग्रहण गर्दै कार्कीले पहिलो ५ निर्णयहरु सार्वजनिक गरेका हुन् । जसअन्तर्गत नगरभित्रका विपन्न तथा अति विपन्नलाई स्वास्थ्य पहुँचमा ल्याउन स्वास्थ्यबिमा गराउने, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई कम्तीमा ३ महिनाको अन्तरमा घरमै गएर स्वास्थ्य परिक्षण गर्ने, नगरभित्र कार्यरत महिला शिक्षिकाहरु प्रसुति भएको बखत ९८ दिन पठनपाठन प्रभावित नहोस भन्नका निम्ति नगर कार्यपालिकाको पहलमा सट्टा शिक्षकको व्यवस्था गर्ने निर्णयहरु गरेको कार्कीले जानकारी दिए ।

281677939_2787765211527450_8776953874131885827_n

उनले पूराना फाइलहरु पल्ट्याउने र यदि भ्रष्टाचार भएको देखिएमा जोकोहीलाई कार्वाही गरिने समेत विश्वस्त बनाएका छन् ।

उनले आजै नगरपालिकाको कार्यालय, चक्रघट्टी स्थित उपमेयर नन्दाकुमारी राई र १ देखि ११ वडाका अध्यक्षहरु क्रमशः किसन थापा (मगर), होम प्रसाद गौतम, राजदीप लामा, आशाराम चौधरी, रोहित काफ्ले, उद्ववप्रसाद पोखरेल, कपिल आचार्य, रोशन खड्का, निरन्जन चन्द्रबंशी, तेज बहादुर गुरुङ र कृष्ण कुमार महत्तो एबम् सम्पूर्ण वडा सदस्यहरुलाई सपथ गराएका छन् ।