इटहरीः आठ बर्ष अगाडी भएको सौन्दर्य प्रतियोगिताका आयोजकले काठमाण्डौंमा र ७ बर्षअघि इटहरीको एक नीजि स्कुलका तत्कालिन प्रिन्सिपलले आफुमाथि बलात्कार गरेको पिडितले सार्वजनिक पिडकलाई हदैसम्मको कार्वाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले इटहरीमा पनि सोमबार प्रदर्शन गरेका छन् ।

महिला सञ्जाल इटहरीको आयोजनामा भएको प्रदर्शनमा महिला अधिकारकर्मीहरु व्यानर र पर्चा सहित उपमहानगरपालिकाको कार्यलय अगाडी सभाको आयोजना गरेका थिए । लैंङ्गीक न्याय सुरक्षित गर, बलात्कारका मुद्धामा हदम्याद हटाउ,न्याय पाउन म्याद किन, बलात्कारीलाई सजाय दे जस्ता नारा बोकेका प्ले कार्ड सहित महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेको महिला आधारशिला सुनसरीकी अध्यक्ष महिला अधिकारकर्मी शुसिला उप्रेतीले जानकारी दिइन् ।

283394470_1376123636226118_4364050715161332703_n

विशेष गरी सौन्दर्य प्रतियोगितामा बलात्कारमा परेकी महिला र इटहरीको ब्लुमिङ्ग लोटस बोर्डिङ्ग स्कुलमा अध्ययन गर्दा ७ बर्ष अगाडी बलात्कारमा परेकी इटहरीकी महिलाको बलात्कार आरोपिलाई तत्काल कडा कारर्वाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले महिला अधिकारका नारा सहित प्रदर्शन गरेका हुन् ।एक्काइसौँ शताव्दीमा आउँदा पनि हाम्रा महिलाले बलात्कार जस्ता जघन्य अपराधको पिडा भोग्नु परेको आन्दोलनमा सहभागीले बताएका छन् ।

संविधानसभा सदस्य अनिता परियारले बलात्कार विश्वमै देखिएको मानव समुदायको समस्या रहेको बताइन् । बलात्कारका आरोपीलाई कानुनको दायरामा ल्याउनु पर्ने धारणा राख्दै परियारले आफुहरुले संविधान बनाए पनि अहिले पनि हामीले आवश्यकता अनुसार संविधानलाई संशोधन गर्न सक्ने बताइन् । उनले इटहरीमा व्लुमिङ्ग लोटस बोर्डिङ्ग स्कुलका प्रिन्सिपलले आफ्नै बालिकालाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भएकाले अहिले पनि हाम्रा घर समाजमै यस्ता घटनाहरु लुकेर रहेको दावी गरिन् ।

283281858_729993734854192_6067716147986779734_n

बलात्कारको सिकार भएका महिलाहरु मानसिक सन्तुलन कायम गर्न औषधी सेवन गरेर बस्नु पर्ने अवस्था सिर्जना भएको बताउँदै परियारले महिलाको काँचो मासुसँग खेल्ने विश्व मानव समस्याको विरोध गरेकी छन् ।

नगरपालिका कार्यलय अगाडी भएको सभामा महिला सञ्जाल इटहरीकी सल्लाहाकार विमला ढकालले बलात्कारको घटनालाई ढाकछोप गर्न नदिन सबै अधिकारकर्मी संस्थाहरुले आवाज उठाउनु पर्ने भनाई राखेकी थिइन् । कोणसभाको अन्त्य भने महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खड्काले गरेकी थिइन् । कोणसभाको संचालन सञ्जालकी इटहरी सचिव योसा गुरागाईले गरेकी थिइन् ।

283278477_729144078536812_8541561575999944371_n