इटहरीः इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गर्दै गर्दा गरेका इटहरीबासीको हितका लागि गरिएको पाँच बुँदे निर्णयमा एमालेबाट निर्वाचित उपमेयर संगीताकुमारी चौधरीले हस्ताक्षर नगरेपछि मेयर पौडेललाई पहिलो गाँसमै ढुंङ्गा लागेको छ ।

नवनिर्वाचित मेयर पौडेलले सोमबार निर्वाचित भएका १०१ जना जनप्रतिनिधिलाई सपथ ग्रहण गराएपछि आफ्नो कार्यभार सम्हालेका थिए ।आइतबार बाटै छलफल गरी निर्णय भएअनुसार कार्यभार सम्हाल्नासाथ गर्ने इटहरीबासीको हितका लागि गरिएको लोकप्रिय निर्णयमा निर्वाचित उपमेयर संगीताकुमार चौधरीले हस्ताक्षर गर्न नमानेकी हुन् ।

पौडेलले पदभार ग्रहण गरि पाँच बुँदे निर्णय सार्वजनिक गरेका थिए । जसमा गरिब, दलित, अल्पसंख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य विमा गर्ने, इटहरी उपमहानगरपालिका क्षेत्रका महिलाहरुलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार एक सय उपलब्ध गराउने,सरकारले लागू गरेको स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्न बाहिर जादा लिनुपर्ने रिफर लेटर सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाटै लिन व्यवस्था मिलाइने निर्णय आएका थिए ।

281302744_10216787145790435_527349742165743541_n

त्यसैगरी सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने र नगर कार्यपालिकाको नगरसभा र नगर कार्यपालिकाको बैठक सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि समाबेस गरिएको थियो ।सार्वजनिक गरेर सुनाइएका निर्णयमा मेयर पौडेलले सदर गरेपनि उपमेयर संगीता चौधरीले हस्ताक्षर नगरेपछि फायल त्यसै राखिएको छ ।

पदभार ग्रहण गरेको दिन जनप्रतिनिधिले कस्तो निर्णय गर्छन भनेर जनताले गर्ने अपेक्षालाई समेत जनप्रिय निर्णयमा उपमेयरले हस्ताक्षर नगरेपछि उपेक्षा गरिएको टिप्पणी गर्न थालिएको छ ।आइतबारदेखि कै छलफल र निर्णयको आधारमा तयार गरेका पाँच बुँदे निर्णयमा मेयरले मात्रै सदर गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम चरित्र मेहताले बताए । ‘भिडभाड पनि भएकाले उपमेयरले एकछिनमा गर्छु भन्नुभयो पछि हस्ताक्षर भएन । ’ मेहताले प्रदेशपोर्टलसँग भने ।

पदभार ग्रहण गरेको दिन जनताले पनि मनिटरिङ्ग गर्ने भएकाले नवनिर्वाचितले जनप्रिय निर्णय गर्ने चलन छ तथापी आज सदर गरिएको निर्णय सर्वसम्मतीका लागि कार्यपालिका बैठकमा पेस गर्नुपर्छ ।‘नगरप्रमुखले राम्रा र जनप्रिय निर्णय गर्नुभएको थियो। ’ अधिकृत मेहताले भने ।

281056853_10216787141990340_2707811701142320024_n

इहटरी उपमहानगरपालिकाकी निर्वतमान उपमेयर लक्ष्मि गौतमले नवनिर्वाचित उपमयेरसंग छलफलनै नगरि मेयरले एकलौटी तरिकाले ल्याएकाले हस्ताक्षर नगरेको बुझेको बताइन् । उनले त्यसखाले निर्णयमा मेयरले सदर गरेपछि उपमेयरले नगर्दा हुने बताइन् । उनले आज सपथ तगा पदभारग्रहणमा आफुलाई बोलाएर मेयरले आफ्ना कुरा राख्न नदिएको आरोप पनि लगाइन् ।

उनले मेयरले निर्णय गरेका पाँच बुँदे निर्णय ५ बर्षे कार्यकालमा पुरा गर्न नै नसक्ने दावी गरिन् । नगर प्रमुखमा निर्वाचित पौडेल गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका थिए भने उनले ५ हजार भन्दा बढि मतले नेकपा एमालेका उम्मेद्वार याम कुमार सुव्वालाई पराजित गरेका थिए भने उपमेयर निर्वाचित संगीता कुमारी चौधरीले गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका केशव कुमार विष्टलाई १३ हजार भन्दा बढि मतान्तरले हराउँदै विजयी बनेकी हुन् ।

280861193_969303297076940_69060551506261318_n