इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटीले सोमबार एक विज्ञप्ती जारी गर्दै आइतबार नेकपा एमालेका नेतामाथि इटहरीमा भएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।

आइतबार नेकपा एमाले इटहरी नगरकमिटीले जारी गरेको प्रेस विज्ञप्तीप्रति आपत्ती जनाउँदै नेकपा एसले घटना पार्टीका उपमेयर उम्मेदवार केशव कुमार विष्टको निर्देशनमा भएको भन्ने कुरा गलत रहेको बताउँदै घटना घट्नु अघि विष्टलाई कुनै जानकारी नभएको र विष्टबाट घटनामा आरोपिलाई कुनै निर्देशन नभएको बुझिएको खुलाएको छ ।

281811815_503468451563873_4509912184061228503_n

पार्टीका इटहरी उपमहानगर कमिटी अध्यक्ष गणेश बुढाथोकीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा आरोपित भनिएका कैलाश विष्ट पार्टीको सम्पर्कमा र परिवारको सम्पर्कमा समेत नआएकोले सो बारे अतिरिक्त जानकारी नपाएको र घटनामा पार्टीको कुनै पनि संलग्नता नरहेको जानकारी गराइएको छ ।

नेकपा एसले विज्ञप्तीमा घटनाको समिक्षा गर्दा निर्वाचनको सन्दर्भमा इटहरी १५ लाई जोड्दै गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार केशव कुमार विष्टको नाम जोडेर चरित्रहत्या हुने गरी पिडित भनिएका एमाले नेता डम्बर सुवेदी हिमालले सामाजिक सन्जालमा विना प्रमाण भ्रामक स्टाटस सम्प्रेसण गरेका कारण उक्त घटना घटेको हुन सक्ने पार्टीको प्रारम्भिक आकंलन खुलाएको छ ।

राजनीतिकसँग जोडिएर घटना घटेको हुँदा राजनितिक रुपमै यसको समाधान खोज्न नेकपा एसले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

283439137_10221715019244430_7355394165766168412_n