इटहरीः लोकतान्त्रि गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हेमकर्ण पौडेलले आज सपथ ग्रहण लिएका छन् ।

 मेयर पौडेललाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् । मेयर पौडेल सपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए । सपथ ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।

अब मेयर पौडेलले इटहरीका उपमेयरसहित वडामा निर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।