इटहरीः धरान उपमहानगरपालिकाका लागि आगामी ५ बर्षे कार्यकालका लागि मेयरमा निर्वाचित बनेका स्वतन्त्र धराने हर्कराज राईले मेयरको रुपमा सपथ लिएका छन् ।

साम्पाङ्गलाई सोमबार इनरुवामा आयोजित एक कार्यक्रममा सुनसरी जिल्ला न्यायधिस कैलास सुवेदीले सपथ ग्रहण गराएका छन् ।

नेपाली पोशाकमा सजिएका साम्पाङ्गले उपमेयर सहित वडा अध्यक्ष र सदस्यलाई धरानमै सपथ ग्रहण गराउने छन् । धरान उपमहानगरमा १०२ जना निर्वाचित पदाधिकारी छन् ।