राजतिनिक दलहरु मिठा मिठा सपना कुँदिएका राम्रा चिल्ला घोषणापत्र बोकेर चुनावी अभियानमा हिँडे । धेरै जसो राजनीतिक दलहरु दलवल सहित चर्का नारा र भाषणमा देखिए अनि कांग्रेस लगायतका सत्ता गठबन्धनमा रहेका चार दल एमालेलाई हराउने नाममा गठबन्धननै गरेर अघि बढे तर हर्क साम्पाङ्ग एक्लै थिए । प्रचार प्रसारमा पनि केही सहयोगी बाहेक एक्लै टेम्पोमा माइक बोकेर हिडे अन्तमा परिणाम यस्तो आयो उनले गठबन्धनलाई पनि हराए अनि एमालेलाई पनि हराए । उनले आज सपथ पनि लिइसकेका छन् ।

साना तर जनताको जिवनसँग जोडिएका समस्या बोकेर बर्षौँदेखि आन्दोलनरत साम्पाङ्गको घोषणाले रेलको कुरा गरेको छैन न त पानी जहाजको कुरा गरेको छ उनले त धरानमा जनतालाई पानी पिलाउने वातावरण मिलाउँछु । खानेपानीको चुहावटलाई नियन्त्रण गर्छु । जनतालाई सुचनाको हकको ग्यारेन्टिका लागि पहल गर्छु भनेका छन् । जनताले पाउनु पर्ने आधारभुत स्वास्थ्य सेवा अनि धरानको ठुलो स्वास्थ्य संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्न आफ्नो ठाउँबाट पहल गर्ने साम्पाङ्गको योजना छ ।

सामाजिक अभियान्ताबाट जनताको सेवाराजनीतिमा उदाएका साम्पाङ्ग धरान १८ को बुद्ध चोकमा बसोबास गर्छन । उनि यातायात व्यवसायी हुन् । केही सिटि रिक्सा र टेम्पोको संचालन गरिरहेका साम्पाङ्ग आफ्नो चुनावी अभियानमा पनि तिनै सिटि रिक्सा र टेम्पोहरु प्रयोग गरेका थिए । जनताको आधारभुत आवश्यकतासँग जोडिएका विषयमा विभिन्न ठाउँमा आन्दोलन गर्दै आइरहेको साम्पाङ्ग जनताको माझ निकै लोकप्रिय बन्दै गएका थिए ।

खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ ०५६ मा उच्च शिक्षा अध्ययन गर्न धरान झरेका हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक बाबुका कान्छो छोरा हर्क गीत संगीतमा पनि उत्तिकै अगाडी छन् ।०६४ मा लोक आधुनिक शैलीका १० गीत समेटेर ‘मिसिङ हर्ट’ म्युजिक एल्बम निकाली सकेका उनि महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक हुन् । कहिले आफु पालिन त कहिले परिवार पाल्न वैदेशिक रोजगारीमा पनि गएका हर्कले ६ बर्ष विदेशमा विताएका छन् । इराक र अफगानिस्तानमा ६ बर्ष विताएका साम्पाङ्ग उनले केही समय धरानको एक ल्याङवेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षक भएर काम गरेका छन्  ।

283061504_2368098786664264_7484667830045870090_n

सामाजिक अभियान्तको रुपमा निरन्तर जनताको समस्या उकेलिरहेका उनि कहिले चुरे दोहनको विषय लिएर आन्दोलनमा उत्रिए त कहिला वीपी सुधारको पक्षमा आवाज निकाले । जनताको सेवा गर्न रोडमा आन्दोलन गरेर मात्रै हुदैन भन्ने भएरै पनि ०७६ को उपनिर्वाचनमा नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका उनले ४ सय २१ मत ल्याएका थिए ।
फेरी त्यसको ३ बर्ष पछि मात्रै २०७९ को निर्वाचनमा हर्कलाई फेरी धराने जनताको मत विचार गर्ने प्रण गरेर र चुनावी अभियानमा होमिए । अरु राजनितिक दलले जस्तो ठुलो सपना देखाउने उनको न त प्रतिवद्धता छ न त घोषणा नै । तर जनताले उनको आवाजलाई सुनिदिएका छन् ।

अब धरानलाई भ्रष्टाचारमुक्त, उन्नत र समृद्ध बनाउने साम्पाङले बताएका छन् । आफ्नो जित पछि साम्पाङ्गले ‘यो जित लोकतन्त्रमा आस्था राख्ने सबै पार्टी र धरानवासीको हो । म साझा स्वतन्त्र उम्मेदवार हुँ । अब म सबै दलका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्छु ।’ भनेका छन् । जित लगत्तै खानेपानीमा चुहावट लगायतका समस्यालाई तत्काल समाधान गर्ने साम्पाङ्गले घोषणा गरीसकेका छन् । अरु काम आजको भोली हुने छैनन् विस्तारै योजना बनाएर अघि बढ्ने उनको योजना छ ।

चारदलको साझा उम्मेदवार किशोर राई हुन या त ठुलो दल भनेर चिनिएको दलको सपना रुपि एजेण्डा बोकेर चुनावी मैदानमा होमिएकी नेकपा एमालेकी मन्जु भण्डारी हुन दुवैलाई हर्कले पाएको मतले ठुलो सवक सिकाइदिएको छ । केहि थान टेम्पो र सिटिको संचालक अर्थात चालक हर्क साम्पाङ्ग अव सिंगै धरान उपमहानगरको चालक बनेका छन् । सडकमा बसेर आन्दोलन गर्नु जत्तिको कुर्सिमा बसेर काम गर्नु पक्कै सहज हुने त छैन तर साम्पाङ्गले उनलाई साथ दिएका धराने जनतालाई निराश हुने वातावरण बनाउने छैनन् । उनले भन्दै आएको पनि त्यहि हो । ‘आफुले का मगर्ने वातावरण आएर भने म एक्लो छैन धराने जनताले दिएको मत छ त्यहि मत लिएर अगाडी बढ्छु ।’साम्पाङ्गले भनेका छन् ।