विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी भएका छन् । उनले २८ मतान्तरले नेकपा एमालेका उम्मेद्वार पोष्टकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

खरायो चुनाव चिह्न लिएर चुनाव लडेका निवर्तमान वडा सदस्य मगरले १४२६ मत ल्याउँदा नेकपा एमालेका पोष्टकुमार श्रेष्ठले १३९८ मत ल्याएका थिए । नेपाली कांग्रेसले टिकट नदिएपछि मगरले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले प्यानलै जितेको वडा नम्बर ७ मा यस पटक कांग्रेसबाट वडाध्यक्ष पदमा खडा भएका उम्मेद्वार निवर्तमान वडाध्यक्ष चैतन्यप्रसाद सिटौला तेस्रो भएका छन् । उनले ६४६ मत पाएका छन् ।